नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु, धुलिखेल अस्पतालमा ज्यान गुमाएकी महिलामा संक्रमण पुष्टि | Khabarhub Khabarhub

नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु, धुलिखेल अस्पतालमा ज्यान गुमाएकी महिलामा संक्रमण पुष्टि


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयलका सहप्रवक्ता डाक्टर समिर अधिकारीले नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्युभएको विज्ञप्ती मार्फत पुष्टि गरेका हुन् । ति महिला सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिला हुन् । उनलाई सुत्केरी गराउन बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

बैशाख २४ गते नर्मल डेरीभरी पछि स्वास्थ्य अवस्था सामान्य भएकाले उनलाई अस्पतालले बैशाख २५ गते डिस्चार्ज गरेको थियो ।
डिस्चार्ज भएको ८ औं दिनमा (बिहीबार) श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय अस्पतालमा लगिएकोथियो ।

सोही क्रममा कोरोनाको लक्षणहरु देखिएपछि उनलाई आकस्मिक रुपमा बिहीबार धुलिखेल अस्पताल लगिएको थियो ।

सुत्केरीको मृत्युभएपछि धुलिखेल अस्पताललाई सील गरिएको छ । उनको उपचारमा संलग्न चिकित्सकलाई पनि आइसोलेसनमा राखेर कोरोना परीक्षण थालिएको छ ।

महिलाको गाउँ र माइती गाउँलाई सिल

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ ।

उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

गाउँमा कोरोना संक्रमण रोक्न गाउँ सिल गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

समितिकाे बैठकले ती महिलाको माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ पनि सिल गर्ने निर्णय गरेको हो। सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिने निर्णय समितिले गरेको छ।

महिलाले हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ । ती महिलाको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ ।

कोरोनाका कारण मृत्यु भएमा शव व्यवस्थापन कसरी गरिन्छ ?

कोरोनाका कारण मृत्यु भएमा विभन्न सावधानी अपनाइ शव व्यवस्थापन गर्ने कार्य गरिनेछ ।

 

 

 

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ९ : ०८ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र