कोरोना भाइरस : विश्वभर ८१ लाखभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरस : विश्वभर ८१ लाखभन्दा बढी संक्रमित


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३८ हजार ५८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार ४०३ जनाको मृत्यु भएको छ । एकै दिन १ लाख २४ हजार ५८१ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ८१ लाख ८ हजार ६४८ पुगेको छ ।

संक्रमित ३४ लाख ८१ हजार ७५३ जनाको उपचार भइरहेको छ भने ४१ लाख ८८ हजार २१६ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ८३ हजार २१५ जनाको मृत्यु भएको छ ।

२२ लाख २० हजार ९० जना संक्रमित भएकोमा ११ लाख ७४ हजार ९०७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४५ हजार ७३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ७ हजार ९१४ पुगेको छ । त्यसमध्ये १० लाख ८८ हजार १०४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४१ हजार १५८ जनाको मृत्यु भएको छ । १६ लाख ५४ हजार ११९ जना संक्रमित भएकोमा १० लाख १८ हजार १९९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६१ हजार ५४० जनाको मृत्यु भएको छ । १४ लाख ६२ हजार ५४६ जना संक्रमित भएकोमा ७ लाख ८१ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ६ हजार ७९३ जनाको ज्यान गएको छ भने २ लाख ५४ हजार २१४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख १६ हजार ७३० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९४६ जना संक्रमित भएकोमा ८ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : ११ बजे

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी