सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा « Khabarhub

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ ।

आवश्यक कागजपत्रबिना कबाडी लोड गरेर उपत्यकाबाहिर जान लागेका ती ट्रकलाई मंगलबार साँझ सानेपाबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए ।

आवश्यक कागजपत्रबिना ठूलो मात्रामा कबाडी सामान बोकेर उपत्यकाबाहिर जान लागेको भन्ने गोप्य सूचनाका आधारमा रिङरोडबाट सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टले उनीहरूलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

प्र २-०३-००१ ख ४७३८, लु २ ख ५१०५, प्र २-०३-००१ ख ५६१९, ना ५ ख ६६७१, ना ८ ख ६२५३, ना ७ ख ९९८, ना ६ ख ९४९७, ग २ ख ५३९ र ना ६ ख ५६१ नम्बरका ट्रकहरूलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन लैजाने क्रममा रहेको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ९ : ५२ बजे

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि

चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले राहत

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये