कोरोना भाइरस : विश्वभर ८१ लाखभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरस : विश्वभर ८१ लाखभन्दा बढी संक्रमित


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३८ हजार ५८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार ४०३ जनाको मृत्यु भएको छ । एकै दिन १ लाख २४ हजार ५८१ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ८१ लाख ८ हजार ६४८ पुगेको छ ।

संक्रमित ३४ लाख ८१ हजार ७५३ जनाको उपचार भइरहेको छ भने ४१ लाख ८८ हजार २१६ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ८३ हजार २१५ जनाको मृत्यु भएको छ ।

२२ लाख २० हजार ९० जना संक्रमित भएकोमा ११ लाख ७४ हजार ९०७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४५ हजार ७३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ७ हजार ९१४ पुगेको छ । त्यसमध्ये १० लाख ८८ हजार १०४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४१ हजार १५८ जनाको मृत्यु भएको छ । १६ लाख ५४ हजार ११९ जना संक्रमित भएकोमा १० लाख १८ हजार १९९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६१ हजार ५४० जनाको मृत्यु भएको छ । १४ लाख ६२ हजार ५४६ जना संक्रमित भएकोमा ७ लाख ८१ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ६ हजार ७९३ जनाको ज्यान गएको छ भने २ लाख ५४ हजार २१४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख १६ हजार ७३० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९४६ जना संक्रमित भएकोमा ८ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : ११ बजे

अवतरणका क्रममा विमान दुर्घटना, दुई जनाको मृत्यु, ११ घाइते

क्यानबेरा– दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित पाराफिल्ड विमानस्थलमा अवतरण गर्ने क्रममा भएको

अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू)

काठमाडौं- आगामी १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण