गोरखाका १० सहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

गोरखाका १० सहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ ।

मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ति अनुसार थप १८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या २२३ पुगेको हो ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार गोरखाका १०, स्याङ्जाका ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका छन् ।

गोरखामा संक्रमण देखिएका १० जनामध्ये गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र ३१ वर्षीया एक महिला तथा बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुष छन् ।

स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पूर्वी नवलपरासीको विनयत्रिबेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक–एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको शर्माले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

मंगलबार संक्रमण पुष्टि भएका १८ जना सबै भारतबाट फर्किएको जनाइएको छ । उनीहरू सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : २१ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका