अलपत्र श्रमिकलाई तत्काल उद्धार गर्न माग गर्दै एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र « Khabarhub

अलपत्र श्रमिकलाई तत्काल उद्धार गर्न माग गर्दै एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमबार एक पत्रमार्फत सरकारलाई विदेशमा अलपत्र परेका श्रमिकको तत्काल उद्धारका लागि आग्रह गरेका छन् ।

सङ्घले उपप्रधानमन्त्री तथा अध्यक्ष कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई लेखेको पत्रमा विदेशमा अलपत्र परेका नेपालीको उद्धार प्रक्रियालाई थप तीव्रता दिन आग्रह गरिएको छ ।

सङ्घले विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि सरकारको तर्फबाट चाल्नुपर्ने कदमका बारेमा बुँदागतरूपमा सुझाव दिएको छ ।

सङ्घले चार्टर उडान गर्ने व्यावहारिक र सहज व्यवस्था मिलाउन, कामदारहरु पनि विदेश फर्कने बाटो खोल्न, खर्चविहीन भएका विद्यार्थीलाई सरकारी खर्चमा तुरुन्त उद्धार गर्न, देशमा होल्डिङ सेन्टरको प्रबन्ध मिलाउन माग गरिएको छ ।

त्यस्तै सेल्टरमा कुरिरहेका मजदुरलाई नेपाल फर्कने स्वीकृति प्रदान गर्न, सयौँको सङ्ख्यामा रहेका शव तुरुन्त नेपाल झिकाई सांस्कृतिक परम्पराअनुसार दाहसंस्कार गर्नका लागि परिवारलाई हस्तान्तरण गर्न, अलपत्र परेका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सहयोग गर्न ठोस कदम चाल्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ११ : ४५ बजे

अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी : रिपोर्ट

वासिङ्टन– अमेरिकाले इरानमाथि दबाब बढाउने उद्देश्यले केही दिनभित्रै इरानका ऊर्जा

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि