विप्रेषण आप्रवाह ६ प्रतिशतले घट्यो | Khabarhub Khabarhub

विप्रेषण आप्रवाह ६ प्रतिशतले घट्यो


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैशाख महिनामा विप्रेषण आप्रवाह ६ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय अवस्थासम्बन्धी प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा विप्रेषण आप्रवाहमा ६ दशमलब १ प्रतिशतले कमी आएको हो ।

चालु आर्थिक वर्षको १० महिनाको अवधीमा विप्रेषण आप्रवाहमा कमी आई ६ खर्ब ८४ अर्ब कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलब ६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

यसै अवधिमा मुल्य वृद्धि उकालो लागेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा मुद्रास्फिती ६.४६ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फिती ५ दशमलब ८६ प्रतिशत थियो । यस्तै यसै अवधिमा खाद्य तथा पेय पदार्थको उच्च मुल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा खाद्य पदार्थको मुद्रास्फिती ८ दशमलब ६६ प्रतिशत तथा गैरखाद्य पदार्थको मुद्रास्फिती ३ दशमलब ६७ प्रतिशत रहेको छ । यस अवधिमा शोधनान्तर १ खर्ब २० अर्ब बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वैदेशिक व्यापार तर्फ आयात १३ दशमलब २ प्रतिशतले घट्दा निर्यात ४ दशमलब ५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा ८२ अर्ब ६ करोडको वस्तु निर्यात हुँदा आयात १३ प्रतिशतले कमी आई १० खर्ब २५ अर्ब भएको नेपाल राष्ट्र बैंकले जनााएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ८ : १७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’