भारत–चीनबीच लद्दाखमा भिडन्त : मारिने भारतीय सेनाको संख्या २० पुग्यो « Khabarhub

भारत–चीनबीच लद्दाखमा भिडन्त : मारिने भारतीय सेनाको संख्या २० पुग्यो


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत र चीनको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको झडपमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुगेको छ ।

भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ।

यसअघि तीन जनाको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको थियो । योसँगै ज्यान गुमाउने संख्या २० पुगेको हो ।

ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल रहेका छन् । अन्यको नाम भने सार्वजनिक भएको छैन ।

झडपमा चीनयाँ पाँच सैनिक मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

झडपमा ३४ भारतीय सैनिक बेपत्ता भएको भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले जनाएको छ ।

भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएकाे हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन्।

लद्दाखको गालवन भ्यालीमा सोमबार राति झडप भएको हो । पछिल्लो केही समय यता सो क्षेत्रमा दुई देशबीच तनाव जारी रहेको छ । तनावलाई कम गर्न दुईदेशबीच छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको हो ।

केही समय यता लद्दाखमा भारत र चीनबीच सीमाका विषयमा विवाद हुँदै आएको थियो । दुबै पक्षले सीमा क्षेत्रमा सैनिक संख्या बढाएका थिए ।

भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सैनिकले सैनिकको संख्या घटाएको जनाएका थिए।

झडपको विषयलाई लिएर दुवै देशले एक अर्कालाई दोषारोपण गरेका छन् ।

यसअघि सन् १९७५ दुई देशका सेनाबीच अरुणचलको तुलुङ लामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो। त्यसछि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो।

लद्दाखमा गत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ। जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन।

पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका छन्।

यो पनि पढौं-

४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक भिडन्त

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : ५७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै