कतारमा हुने विश्वकप फुटबलमा एकै दिन चार खेल हुने | Khabarhub Khabarhub

कतारमा हुने विश्वकप फुटबलमा एकै दिन चार खेल हुने


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतारमा हुने फिफा विश्वकप २०२२ मा समूह चरणमा एकै दिन ४ वटासम्म खेल हुने भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह चरणमा एकै दिन ४ खेल हुने भएको छ ।

उक्त तालिका अनुसार समूह चरणका सम्पूर्ण खेल १२ दिनको अन्तरालमा समाप्त हुनेछ । स्थानीय समयअनुसार दिउँसो १ बजे, ४ बजे, साँझ ७ बजे र रातको १० बजे खेल हुनेछन् ।

प्रतियोगिताका खेल हुने ८ रंगशालाहरु एक आपसमा ४० माइलको दूरीमा रहेका छन् । समर्थक र पत्रकारले मैदानमै पुगेर २ खेलसम्म हेर्न सक्नेछन् ।

समूह चरणमा तीन खेलबाहेक हरेक टोलीले ३ दिनको विश्राम प्राप्त हुनेछ । विश्वकपको उद्घाटन समारोह ६० हजर दर्शक क्षमता भएको अल खोरस्थित अल बयत रंगशालामा २१ नोभेम्बरमा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल दोहास्थित लुसेल रंगशालामा सन् २०२२ को १८ डिसेम्बरमा हुनेछ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ५ : ५३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र