प्रिमियर लिग : आर्सनलले लिभरपुललाई हरायो « Khabarhub

प्रिमियर लिग : आर्सनलले लिभरपुललाई हरायो


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई हराएको छ ।

घरेलु मैदानमा आर्सनलले यस सिजनको च्याम्पियन लिभरपुललाई २–१ ले हराएको हो ।

कीर्तिमानी अंकतर्फ अघि बढेको लिभरपुलको लक्ष्यलाई आर्सनलले यस सिजन पूरा हुन दिएन ।

साडियो मानेले २०औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । एन्ड्रे रोबर्टसनको क्रसममा मानेले एनफिल्ड क्लबलाई अघि बढाएका थिए । तर पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले खेलमा फर्किएको थियो ।

लिभरपुलको कमजोरीको फाईदा उठाउँदै आर्सनल खेलमा फर्किएको हो । लिभरपुलका भर्जिल भान डीजिकको ब्याक पासमा एलेक्जेन्डर लाकाजेटले ३२औं मिनेटमा बराबरी गोल फर्काए ।

गोलकिपर एलिसनको कमजोर प्रर्दशनको फाइदा उठाउँदै निल्सनले ४४औं मिनेटमा आर्सनललाई २–१ को अग्रता दिलाए । सोही अग्रता अन्ततः निर्णायक बन्दै आर्सनलले खेल जीत्यो ।

जीतसँगै आर्सनल ५३ अंक बनाएको छ र उ नवौं स्थानमा कायम छ । हारका बाबजुद शीर्ष स्थानको लिभरपुलको ९३ अंक छ । लिभरपुलले म्यान्चेष्ट सिटीले कायम राखेको सय अंकको कीर्तिमान पूरा नहुने निश्चित भएको छ । अब लिगमा दुई खेल जीते पनि लिभरपुलको ९९ अंक मात्र हुनेछ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ७ : १६ बजे

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा