ब्राजिलका राष्ट्रपति बोल्सोनारोको पछिल्लो परीक्षणमा पनि कोरोना संक्रमण « Khabarhub

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको पछिल्लो परीक्षणमा पनि कोरोना संक्रमण


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको पछिल्लो परीक्षणमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो पटक भएको परीक्षणमा पनि आफूमा संक्रमण देखिएको राष्ट्रपति बोल्सोनारोले जानकारी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि एक हप्ताअघि गरिएको परीक्षणमा पनि बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।बोल्सोनारोको दोस्रो परीक्षणमा पनि संक्रमण देखिएको खबर सीएनएनले सार्वजनिक गरेको थियो ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा अमेरिकापछि सबैभन्दा धेरै प्रभावित भएको ब्राजिलमा संक्रमितको संख्या १९ लाख ७० हजारभन्दा बढी छ भने ७५ हजार ५ सय भन्दा धेरैको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ८ : ४८ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै