हारबाट जोगियो युभेन्टस, ससुओलोसँग बराबरी | Khabarhub Khabarhub

हारबाट जोगियो युभेन्टस, ससुओलोसँग बराबरी


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्स हारबाट जोगिएको छ ।

ससुओलोको घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको सुरुवातमा लिएको २–० को अग्रतालाई जोगाउन नसक्दा  युभेन्ट्स अंक बाढ्न बाध्य भएको हो । छैटौँ मिनेटमा ड्यानिलोले युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

१२ औं मिनेटमा गोन्जालो हिगुएनले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए । तर घरेलु टोलीका फिलिप ज्यूरिकले २९औं मिनेटमा खेल २–१ मा झारे । डोमनिको बर्दीले ५१औं मिनेटमा खेल बराबरीमा ल्याए ।

त्यसको तीन मिनेटपछि फ्रान्सेस्को कैपुटोले घरेलु टोलीलाई ३–२ को अग्रता दिलाएका थिए । युभेन्ट्सका एलेक्स सान्ड्राले ६४औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए ।

बराबरीको नतिजासंगै युभेन्ट्सले लिगमा ७ अंकको अग्रता कायम राखेको छ । युभेन्ट्स पछिल्ला तीन खेलमा जीत निकाल्न असफल छ । उसले ९ गोल भने गरेको छ ।

बराबरीसँगै ससुओलो ४७ अंकसहित आठौं स्थानमा यथावत छ ।

 

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ९ : २९ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल