ओली - दाहाल - नेपालबीच बालुवाटारमा वार्ता | Khabarhub Khabarhub

ओली – दाहाल – नेपालबीच बालुवाटारमा वार्ता


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेकपामा बढेको विवाद समाधानका लागि शीर्ष तीन नेता बालुवाटारमा वार्तामा जुटेका छन् ।

६ दिनको संवादहिनता तोडेर लगातार दुई दिन छलफल गरेका ओली – दाहालको वार्ताले निकास नदिएपछि अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपालबीच वार्ता भइरहेको हो ।

ओली र प्रचण्ड एक्लाएक्लै धेरैपटक छलफलमा बसे पनि सहमति नजुटेपछि बिहान साढे ११ बजेदेखि सुरू भएको वार्तामा माधव नेपाल पनि सहभागी भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

खासगरी एक व्यक्ति एक पदको विषय उठाउँदै आएका नेपाललाई नै राखेर पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन  उनलाई पनि बैठकमा सहभागी गराएको बताइएको छ ।

असार १० गतेबाट सुरू भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि पार्टी फुटको संघारमा पुगेको थियो । त्यसै कारण स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ ।

तर,  यो बीचमा चिनियाँ राजदूतको सक्रियता एवं नेकपाकै दोस्रो तथा तेस्रो तहका नेताहरूको लबिङ र दबाबले पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्न शीर्ष नेताहरू क्रियाशिल भएको बताइँदै आएको छ । यद्यपि पार्टी र सरकारको शक्ति बाँटफाँटमा नेताहरूबीच कुरा नमिल्दा सहमति जुट्न सकेको छैन ।

जारी छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् भने प्रचण्डले कम्तिमा एउटा पद छाडेर सहमतिमा आउन आग्रह गर्दै आएका छन् ।

तर, ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिदै आएको बताइन्छ । मंसिर ४ को सहमतिमा  ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन् ।

त्यसमा पनि सहमति नभए असन्तुष्ट पक्षलाई पनि मिलाउने गरी नयाँ लिखित सहमति गर्नुपर्ने माग प्रचण्डले राखेको बुझिएको छ । तर, त्यसमा पनि ओली सहमत हुन सकेका छैनन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ११ : ५० बजे

संयुक्त राष्ट्रसंघद्वारा गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही विस्तार नगर्न आग्रह

संयुक्त राष्ट्रसंघ – गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही अझ विस्तार

बागमतीका निलम्बित मेयर थापा भ्रष्टाचारी ठहर, साढे तीन करोड गैरकानुनी सम्पत्ति भेटियो

काठमाठौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर

आजका समाचार : सरकारलाई घेर्न प्रचण्डले जुटाए प्रतिपक्षी, संसद्मा पनि असन्तुष्टि र हिरोशिमामा बम खसालेको ८० वर्ष पुग्यो

भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोडप्रधानमन्त्री केपी शर्मा ओलीले

बीउ अपुगले धान रोपाइँ प्रभावित, महोत्तरीमा रोपाइँ ४९ प्रतिशत

महोत्तरी– लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ

कर्णालीको समग्र गुरुयोजना आवश्यक : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना आवश्यक