ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन « Khabarhub

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ । महानगरको हिउँदे नगरसभा आइतबार सम्पन्न भएको हो । स्थानीय तहले आर्थिक वर्षमा दुई पटक नगरसभा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । 

नगरसभाको उद्घाटन सत्रमा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहिता लागू हुने भएकाले आचारसंहिता लागू हुनुअघि नै जनतासँग जोडिएका सम्पूर्ण काम पुरा गर्न अनुरोध गरे । 

जेन-जी प्रदर्शन, र प्रतिनिधिसभाको निर्वाचनका कारण महानगरको पुँजीगत खर्च अपेक्षा अनुसार हुन नसकेको उनले बताए । उनले भने, अघिल्ला वर्षहरूको अनुभवलाई हेर्ने हो भने पनि पछिल्लो छ महिनामा पुँजीगत खर्च बढी भएको देखिन्छ । 

पूँजी खर्च प्रगति मापनको मुख्य आधार भएको बताउँदै बाँकी छ महिनामा यो खर्च बढ्ने गरी काम गर्न अनुरोध गरे । आर्थिक वर्ष २०८२/२०८३ को हालसम्मको पुँजीगत खर्च २४ प्रतिशत रहेको छ । ललितपुर महानगरको छवि अन्य स्थानीय तहको भन्दा राम्रो रहेको बताउँदै जनप्रतिनिधि र कर्मचारीबीचकौ टिम वर्कको कारण उपलब्धि हासिल गरेको बताए । 

उपप्रमुख मंजली शाक्य बज्राचार्यले नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नु जनप्रतिनिधिको दायित्व भएको बताउँदै आचारसंहिता लागू हुनु अघि नै जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई अघि बढाउन अनुरोध गरिन् । उनले प्रतिनिधिसभाको निर्वाचनको आचारसंहिता लागू हुनु पूर्व नै नागरिकको मौलिक हकसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन् । 

प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले धेरैवटा योजना सुरु भइसकेको बताउँदै भुक्तानी नभएकाले पुँजीगत खर्च कम देखिएको बताइन् । बाँकी छ महिनामा पुँजीगत खर्च वृद्धि हुने बताउँदै नागरिक दिनचर्यासँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर काम गरेको बताइन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ५ : २५ बजे

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर