बाँकेमा सलहको प्रकोप, किसान चिन्तित | Khabarhub Khabarhub

बाँकेमा सलहको प्रकोप, किसान चिन्तित


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा सलहको ठूलो झुण्डले अन्नबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।

जिल्लाको नरैनापुर, डडुवा, बैजनाथ लगायतका क्षेत्रमा सलहको झुण्डले अन्नबालीमा क्षति पुर्‍याएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार सलहको झुण्ड अहिले जिल्लाको बैजनाथ गाउँपालिका पुगेको छ ।

बुधबार र आज नरैनापुर र डुडुवा गाउँपालिकामा अधिक मात्रामा किसानले लगाएको खेतको मकै र केही मात्रामा धानमा क्षति पुर्‍याएपछि सलहको झुण्ड बैजनाथ गाउँपालिका पुगेको छ ।

भारतको श्रावस्ती जिल्लाबाट प्रवेश गरेका करीब पाँच लाख सलहले बुधबार नरैनापुर र डुडुवामा झण्डै २० प्रतिशत अन्न बालीमा क्षति पुर्‍याएको बताइएको छ ।

गाउँपालिका कृषि शाखा प्रमुख सुशील शर्माले डुडुवाबासीले परम्परागत रुपमा थाल, टिन र जर्किन ठटाएर तथा पटाका पड्काएर कीरा भगाएको बताए ।

सलह भगाउन कृषि ज्ञान केन्द्रले विषादीसहित प्राविधिक सहयोग पनि गरेको जनाइएको छ । आज बैजनाथ गाउँपालिका पुगेको सलहले जिल्लामा रहुञ्जेल सरदर ३० प्रतिशत किसानको बालीनाली नष्ट गर्ने आंकलन गरिएको केन्द्रका प्रमुख ढकालले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ६ : ४७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’