भारतमा प्रतिबन्ध भएको टिकटक अस्ट्रेलियामा प्रतिबन्ध लगाउन माग « Khabarhub

भारतमा प्रतिबन्ध भएको टिकटक अस्ट्रेलियामा प्रतिबन्ध लगाउन माग


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विवादमा पर्दै आएको टिकटक एपलाई अस्ट्रेलियामा पनि प्रतिबन्ध लगाइनुपर्ने भन्दै आवाज उठाइएको छ ।

अस्ट्रेलियाका सांसदहरुले नै देशभित्र टिकटक प्रतिबन्ध लगाउन माग गरेका हुन्। उनीहरुले टिकटकबाट सूचनाहरुमा खतरा रहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने तर्क गरेका छन् ।

यस चिनियाँ एपमार्फत् चीन सरकारले अस्ट्रेलियाका नागरिकहरुको विवरण लिनसक्ने भन्दै सांसदहरुले टिकटक प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका हुन्। अस्ट्रेलियाका उदारवादी सिनेटर जीम मोलानले टिकटकलाई चिनियाँ सरकारले प्रयोग र दुरुपयोग गरिरहेको आरोप लगाए ।

त्यसैगरी लेबर पार्टीका सिनेटर जेन्नी म्याकअलिस्टरले पनि सामाजिक सञ्जाल मार्फत अस्ट्रेलियाका नागरिकहरुको सूचना बाहिरिनसक्नेतर्फ ध्यानाकर्षण गराए। तर सूचना चोरी भएको आरोपलाई टिकटक एपको कम्पनीले भने कुनै दुरुपयोग हुने सम्भावना नरहेको दाबी गरेको छ । कम्पनीले टिकटकमा कुनै विवरण भण्डारण हुने व्यवस्था नरहेको जनाएको छ ।

यसअघि भारत र चीनबीच सीमा विवादका कारण सम्बन्धमा दरारहरु पैदा भएपछि भारतमा टिकटक प्रतिबन्ध गरिएको थियो। भारतमा पछिल्लो समय चिनियाँ सामग्रीहरुलाई प्रतिबन्ध लगाउने प्रबृत्ति बढेको छ। भारतले टिकटकसहित दर्जनौँ चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भारत सरकारले ती एपहरुमा प्रतिबन्ध लगाएको बताएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ४ : ३५ बजे

विदेशीले दिएको उपहार ग्रहण गर्नुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लिएर प्रतिपक्ष दलले विभिन्न

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी  दिने समय आज सकिँदै 

काठमाडौँ– संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध कुनै गुनासो भए

अभिनेत्री केटको लुक्स परिवर्तन

लस एन्जलस – हलिउडको प्रतिष्ठित फिल्म ‘टाइटानिक’ मा रोजको भूमिका

बाँदरले हैरान पारेपछि ‘बेसार खेती’

तनहुँ – कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

बागलुङ – जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ।