लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश, म्यान्चेस्टर सिटी क्वाटरफाइनलबाटै बाहिरियो « Khabarhub

लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश, म्यान्चेस्टर सिटी क्वाटरफाइनलबाटै बाहिरियो


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

सिटीफ्रान्सेली क्लब लियोनसँग पराजित भएसँगै उसँगै सिटीको च्याम्पियन्स लिगको यात्रा अन्तिम आठमै पूर्णविराम लागेको हो ।

शनिबार लिस्बनमा भएको खेलमा लियोन ३-१ ले विजयी भयो। लियोनको जितमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड मौसा डेम्बेलेले २ र म्याक्स्वेल कर्नेटले एक गोल गरे ।

सिटीका लागि केभिन डे ब्रुएनले दोस्रो हाफमा बराबरी गोल गरेपनि त्यसपछि गोलरक्षक एडरसनले खराब प्रदर्शन गर्दा सिटीले हारको सामना गर्नुपर्यो ।

खेलको २६औं  मिनेटमा लियोनले अग्रता लिएको थियो । म्याक्सवेल कर्नेटले पेनाल्टी क्षेत्र बाहिरबाट गोलरक्षक एडरसन पोजिसनमा नभएको मौकामा गरेको प्रहार गोल भएको थियो ।

सिटीका लागि ६९औं मिनेटमा डे ब्रुएनले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, त्यसको २ मिनेटपछि ७९औं मिनेटमा लियोनका मौसा डेम्बेलेले गोल गर्दै पुन अग्रता दिलाए ।

मैदान प्रवेश गरेको ४ मिनेट नबित्दै डेम्बेलेले अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे ।

लगत्तै डेम्बेलेले नै ८७औँ मिनेटमा गोल गर्दै व्यक्तिगत दोस्रो तथा टिमका निर्णायक गोल गर्दै लियोनको अन्तिम चारको यात्रा सुनिश्चित गरे । लियोनले अब सेमिफाइनलमा बायर्न म्युनिखको सामना गर्नेछ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ५ : ५३ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज