काठमाडौं – साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाख ७ हजारभन्दा बढीको मृत्यु भएको छ ।
आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन ७२६ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ७ हजार २९७ पुगेको हो ।
पछिल्लो २४ घण्टामा ३८ हजार ९३७ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३३ लाख १७ हजार ८३२ पुगेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २४ लाख ४ हजार २७२ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६ हजार २६३ जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया