पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति गरिएको परीक्षणमा ८ देखि ७० वर्ष उमेर समूहका ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पताल प्रशासनका अनुसार संक्रमित हुनेमा १० महिलासहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमित अधिकांश पर्सा जिल्लाकै छन् । २ जना बाराका बाहेक अरू ४५ जना पर्साकै व्यक्तिहरूमा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका डाक्टर उदनारायण सिंहका अनुसार संक्रमित हुनेमा नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी पनि रहेका छन् ।  यस्तै एक जना पत्रकार, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालका ३ जना कर्मचारी, नारायणी अस्पतालको आईसीयूमा अपचारारत २२ बर्षका १ जना पुरूष र ४२ वर्षका १ जना मृगौला रोगीमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका १३ जना, पोखरिया नगरपालिकाका १२ जना, बहुदरमाइ नगरपालिका १ जना पुरुष तथा  बाराको  महागढीमाई र कलैयाका एक/एक जना पुरूषमा संक्रमण पुष्टि भएको डा.सिंहले जानकारी दिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : ३२ बजे

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक