गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार संक्रमित हुनेहरु कास्कीका ५ र तनहुँका १ जना छन् ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ का २२ र ३० वर्षका पुरूष तथा ५० र २२ वर्षका महिला तथा  पोखरा महानगरपालिकाकै वडा नं. ५ की ३३ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँको भानु नगरपालिका वडा नं. ४ का ३० वर्षीय एक जना पुरूषमा पनि संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १ हजार ७ सय ९ पुगेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ८ : ३४ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव