तैमुरको यो बानीले वाक्क हुन्छिन् करीना « Khabarhub

तैमुरको यो बानीले वाक्क हुन्छिन् करीना


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – करीना कपूर खान दोस्रो बच्चाकी आमा बन्दैछिन् । हालै सैफ अली खानले यसबारेमा फ्यानलाई जानकारी दिएका थिए ।

करीनाले पनि हालै एक अन्तर्वार्ताका क्रममा आफ्नो मातृत्वका बारेमा शेयर गरेकी थिइन् ।

करीनाले अन्तर्वार्तामा तैमुरसँगको सम्बन्धका बारेमा बताएकी थिइन् । उनले अन्तर्वार्ताका क्रममा कहिलेकाहीँ त छोरा तैमुरका कारणले आफूले धैर्यता गुमाउने गरेको पनि बताएकी थिइन् ।

करीनाले भनिन्, ‘तैमुर अब साढे ३ वर्षको भइसक्यो, अब उसलाई के मीठो लाग्छ भन्ने बुझिसकेको छ, उसले यो खान्छु र यो खान्न भन्छ, कहिलेकाहीँ त मलाई रिस पनि उठ्छ ।’

उनले कहिलेकाहीँ तैमुरले खान नमान्ने कारण आफूलाई रिस उठ्ने बताइन् । ‘मैले भन्ने गर्छु, तिम्ले पराठा नै खानुपर्छ, अरु कुनै दोस्रो विकल्प छैन,’ उनले भनिन् ।

तैमुरलाई खाना खुवाउनु पनि अहिले एकजनाको काम बनेको उनले बताएकी छिन् ।

‘मैले बच्चाको धेरै ख्याल गर्छु, अहिले मैले पनि धेरै सिकिरहेकी छु, तेमुरले पनि कहिलेकाहीँ मलाई सिकाउँछ कि म कस्ती आमा बन्नुपर्ने छ,’ करीना भन्छिन् ।

आजभोलि करीना फिल्ममा भन्दा बढी परिवारलाई समय दिइरहेकी छिन् । पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘गुड न्यूज’ रिलिज भएको थियो ।

अक्षय कुमारको समेत अभिनय रहेको यो फिल्म बक्स अफिसमा हिट भएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १ : ३२ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार