मूल्य वृद्धिले सुनचाँदीको कारोवार ठप्प « Khabarhub

मूल्य वृद्धिले सुनचाँदीको कारोवार ठप्प


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- कोरोना भाइरस सङ्क्रमणले थिलाथिला परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोवार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन् ।

व्यापार नहुँदा भाडा तिर्नसमेत समस्या पर्ने गरेको सुनचाँदी व्यवसायी संघ प्रदेश ५ का कोषाध्यक्ष लोकबहादुर स्वर्णकारले बताए । उनले भने, ‘महान चाड नजिकिए पनि दिन प्रतिदिन सुनको मूल्य वृद्धि हुँदा व्यापार दैनिक १० प्रतिशत मात्रै हुन्छ । व्यापार व्यवसाय प्रायः ठप्प रहेको छ ।’

दशैँ तिहारभन्दा पनि तिजमा सुनको व्यापार धेरै हुने भए पनि यस वर्ष कोरोनाको त्रास र मूल्य वृद्धिले गर्दा व्यापार नहुने उहाँको भनाइ छ । सुनचाँदी व्यवसायी सङ्घ तुलसीपुरका अध्यक्ष मदन केसीका अनुसार विगत वर्षमा भन्दा यस वर्ष सुन व्यापार निकै न्यून हुने गरेको छ ।

पहिले दैनिक ५०/६० जना ग्राहक आउने गरेको भए पनि अहिले दैनिक १०/१५ जना मात्रै आउने गरेको उनको भनाइ छ । विगतका वर्षमा तीजको समयमा सुनको अभाव हुने गरेको भए पनि यस वर्ष भने नबिकेर बजारमा प्रशस्त सुन रहेको उनले बताए । उनका अनुसार पहिले दैनिक २५/३० तोला सम्म कारोवार हुने गरेको भए पनि अहिले भने दैनिक चार/पाँच तोला मात्रै धौधौ कारोवार हुने गरेको छ ।

मूल्य बढेका कारण खरिद गर्नेभन्दा पनि साटफेर गर्ने, बेच्ने तथा मूल्य सोध्ने धेरै आउने गरेको भन्दै निजी बैंकमा राखिएका सुन खरिद गर्ने व्यापारी नहुँदा अहिले बैंक नै घाटामा जाने अवस्था आएको सङ्घका प्रदेश कोषाध्यक्ष स्वर्णकारले बताउनुभयो । कोरोना त्रास बढिरहेमा किन्ने भन्दा बेच्नेको सङ्ख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ ।

कारोबार ठप्प हुँदा घर भाडामा लिएर व्यवसाय गर्नेलाई भाडा तिर्नसमेत समस्या हुने गरेको छ । पहिलेको सुन मौज्दात राखेकालाई भने मूल्यवृद्धिले त्यस्तो प्रभाव नपार्ने उहाँको भनाइ छ । सुनचाँदीको व्यवसायमा धेरै लगानी हुने गरेकाले अहिलेको अवस्थामा व्यवसायी विस्थापित हुने खतरा बढेको सुनचाँदी व्यवसायी कुलदीप कौशलले बताए ।

अहिले सुन खरिदका लागि काठमाडौँ नै जानुपर्ने अवस्था रहेकाले अब स्थानीय बैंकबाटै नै सुन खरिद गर्ने वातावरण मिलाएमा व्यवसायीलाई सहज हुने समेत उनको भनाइ छ । कोरोनाकै कारणले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि यस्तो समस्या निम्तिएको उनी बताउँछन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १ : ४७ बजे

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण