धादिङको रूबीभ्यालीबाट पहिरो प्रभावितको उद्धार « Khabarhub

धादिङको रूबीभ्यालीबाट पहिरो प्रभावितको उद्धार


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – धादिङको रुबीभ्याली गाउँपलिका वडा नम्बर १, २ र ३ का पहिरो प्रभावितको उद्धार गरिएको छ ।

छ परिवारलाई गाउँपालिकाले उद्धार गरी वडा नम्बर २ स्थित तिप्लिङ ठूलो गाउँमा राखिएको गाउँपालिका – २ का वडाध्यक्ष पेम्बा घलेले बताए ।

उद्धार गरिएकाहरुमा ओममाया तामाङ घले, सिंथापा तामाङ, लीलसिं तामाङ, कामी घले, सुप्पा घले र कान्छीमाया तामाङको परिवारलाई गाउँमा राखिएको हो । घरमाथि आएको पहिरोले घरमा बस्न नसकिने भएपछि उनीहरुलाई गाउँपालिकाले उद्धार गरेको हो । उनीहरुको घरगोठमा क्षति पुगेको छ ।

गाउँमा पानी परिरहेकाले घरमा भएको अन्नपात र भाँडासमेत झिक्न नसकिएको वडाध्यक्ष घलेले जानकारी दिए । सो परिवारलाई चामल, दाल, नुन र तेल गाउँपालिकाले वडा कार्यालयमार्फत उपलब्ध गराएको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ३ : ४५ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका