धादिङको रूबीभ्यालीबाट पहिरो प्रभावितको उद्धार « Khabarhub

धादिङको रूबीभ्यालीबाट पहिरो प्रभावितको उद्धार


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – धादिङको रुबीभ्याली गाउँपलिका वडा नम्बर १, २ र ३ का पहिरो प्रभावितको उद्धार गरिएको छ ।

छ परिवारलाई गाउँपालिकाले उद्धार गरी वडा नम्बर २ स्थित तिप्लिङ ठूलो गाउँमा राखिएको गाउँपालिका – २ का वडाध्यक्ष पेम्बा घलेले बताए ।

उद्धार गरिएकाहरुमा ओममाया तामाङ घले, सिंथापा तामाङ, लीलसिं तामाङ, कामी घले, सुप्पा घले र कान्छीमाया तामाङको परिवारलाई गाउँमा राखिएको हो । घरमाथि आएको पहिरोले घरमा बस्न नसकिने भएपछि उनीहरुलाई गाउँपालिकाले उद्धार गरेको हो । उनीहरुको घरगोठमा क्षति पुगेको छ ।

गाउँमा पानी परिरहेकाले घरमा भएको अन्नपात र भाँडासमेत झिक्न नसकिएको वडाध्यक्ष घलेले जानकारी दिए । सो परिवारलाई चामल, दाल, नुन र तेल गाउँपालिकाले वडा कार्यालयमार्फत उपलब्ध गराएको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ३ : ४५ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान