कर्मचारीमा कोरोना संक्रमणपछि भैरहवा डिपो पाँच दिन बन्द « Khabarhub

कर्मचारीमा कोरोना संक्रमणपछि भैरहवा डिपो पाँच दिन बन्द


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – नेपाल आयल निगम ५ नम्बर प्रादेशिक कार्यालय भैरहवा डिपोमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि डिपो पाँच दिन बन्द गरिएको छ ।

डिपोमा कार्यरत तीन कर्मचारी, मातहतका पेट्रोल पम्पका तीन र हवाई इन्धन डिपोका पाँच जना गरी आइतबार एघार जनामा कोरोना संक्रमित भेटिएपछि डिपो बन्द गरिएको हो ।

कर्मचारीमा संक्रमण देखिएपछि डिपो बन्द गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उनका अनुसार सर्वसाधारणलाई सहज र सरल ढंगबाट पेट्रोलियम पदार्थ वितरण गर्न अमलेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने तयारी गरिएको छ ।

डिपो बन्द अवधिभर भैरहवा क्षेत्रका डिलरका लागि आवश्यक पेट्रोलियम पदार्थ अमलेखगञ्ज डिपोबाट आवश्यकतानुसार उतैका ट्यांकरबाट ढुवानी गरी डिपोमा स्टक ट्रान्सफरको व्यवस्था मिलाइएको छ ।

“डिपोमा रिजर्भमा राखिएका कर्मचारीबाट बिक्रीवितरणको व्यवस्था मिलाउन प्रादेशिक कार्यालयमा खबर गरिसकेका छौँँ”, उनले भने, “अबको सात दिनपछि पेट्रोल पम्प, हवाई इन्धन डिपो बन्द गरिनेछ ।”

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : ४२ बजे

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश

काठमाडाैँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे

म्याग्दी- म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी

नेविसंघकै नेताहरुले अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाए

काठमाडौँ- नेपाल विद्यार्थी संघकै नेताहरुले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला

पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ- पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको

बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौँ- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।