यूएईमा हत्या भएका दुई नेपालीमध्ये एकको पहिचान खुल्यो « Khabarhub

यूएईमा हत्या भएका दुई नेपालीमध्ये एकको पहिचान खुल्यो



दोहा- यूएईको शारजाहमा हत्या भएका दुई नेपालीमध्ये एकको परिचय खुलेको छ ।

अगष्ट ८ हत्या घटनाका दुई नेपालीमध्ये एकको पहिचान खुलेको हो । तनहुँका ३६ वर्षीय मंगलराज श्रेष्ठको पहिचान भए पनि अर्का एक नेपालीको भने अझै पहिचान खुल्न नसकेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

गल्फ न्युजमा यूएईमा दुई नेपालीको हत्या भएको समाचार प्रकाशन भएपछि दूतावासले पनि चासो लिएको थियो ।

दुई समूहबीच झगडा भएपछि उनीहरुको हत्या भएको हुन् सक्ने यूएई प्रहरीले जनाएको छ ।

दूतावासका अनुसार पहिचान खुलेका श्रेष्ठको शरीरमा २० ठाउँमा छुरा प्रहार भएको तथा अर्का नेपालीको पनि शरीरमा धारिलो हतियार प्रहार गरी हत्या भएको खुलेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्न भएको आशंकामा केही पक्राउ गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : ०८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका