यूएईमा हत्या भएका दुई नेपालीमध्ये एकको पहिचान खुल्यो « Khabarhub

यूएईमा हत्या भएका दुई नेपालीमध्ये एकको पहिचान खुल्यो



दोहा- यूएईको शारजाहमा हत्या भएका दुई नेपालीमध्ये एकको परिचय खुलेको छ ।

अगष्ट ८ हत्या घटनाका दुई नेपालीमध्ये एकको पहिचान खुलेको हो । तनहुँका ३६ वर्षीय मंगलराज श्रेष्ठको पहिचान भए पनि अर्का एक नेपालीको भने अझै पहिचान खुल्न नसकेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

गल्फ न्युजमा यूएईमा दुई नेपालीको हत्या भएको समाचार प्रकाशन भएपछि दूतावासले पनि चासो लिएको थियो ।

दुई समूहबीच झगडा भएपछि उनीहरुको हत्या भएको हुन् सक्ने यूएई प्रहरीले जनाएको छ ।

दूतावासका अनुसार पहिचान खुलेका श्रेष्ठको शरीरमा २० ठाउँमा छुरा प्रहार भएको तथा अर्का नेपालीको पनि शरीरमा धारिलो हतियार प्रहार गरी हत्या भएको खुलेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्न भएको आशंकामा केही पक्राउ गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : ०८ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।