कतारबाट हिमालय एयरलाइन्सले थप तीन उडान गर्ने, छुटेकालाई टिकट काट्न आग्रह « Khabarhub

कतारबाट हिमालय एयरलाइन्सले थप तीन उडान गर्ने, छुटेकालाई टिकट काट्न आग्रह



दोहा – कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपालीहरुका लागि कतारबाट हिमालय एयरलाइन्सका थप तीन उडान गर्ने तय भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अगष्ट १७, २३ र २९ तारिखको लागि तय भएको जनाएको छ ।

अत: १७ अगष्टको उडानका लागि दूतावासले यस अघि प्रकाशित गरेको प्राथमिकता सूचिमा नाम भएका तर विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले टिकटका लागि सोही एयरलाइन्सको ट्राभल एजेन्सीमा सम्पर्क गर्न अनुरोध छ ।

यस्तै, अगष्ट २३ र २९ तारिखमा हुने उडानका लागि नयाँ प्राथमिकता सूचि शीघ्र प्रकाशित गरिने समेत दूतावासले जनाएको छ । विमानस्थलमा ज्वरो मापन गरिने साथै “Ehteraz मोबाइल एप” मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने हुनाले अनिवार्य रुपमा उक्त एप प्रयोग गर्न दूतावासले अनुरोध छ ।

यसैबीच सुत्केरी तथा गर्भवती महिला र कोभिड बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएकाहरुलाई फिट टु फ्लाईको सर्टिफिकेट लिन आग्रह गरेको छ ।

दूतावासले यसअघि कतिपय त्यस्ता व्यक्तिहरु सर्टिफिकेट नभएका कारण उडान गर्न असमर्थ भएको भन्दै यस्तो अवस्थाका यात्रुहरुले आफूलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट त्यस्तो सर्टिफिकेट अनिवार्य रुपमा लिएर मात्र विमानस्थल जान अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : ३० बजे

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस

‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छः मन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली

प्रहरीमाथि चक्कु प्रहार गर्ने जेनजी प्रदर्शनमा भागेका फरार कैदी

भक्तपुर – प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ

प्रधानमन्त्री कार्कीले हेरिन ‘दिमाग घोच्ने मान्छे’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित