पति मरेपछि रावण र दुर्योधनका पत्नीले के के गरे ? | Khabarhub Khabarhub

पति मरेपछि रावण र दुर्योधनका पत्नीले के के गरे ?


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दूहरूको पवित्र ग्रन्थ रामायण र महाभारतमा धर्म र मुक्तिको कुरा मात्र नभई तत्कालीन सामाजिक व्यवस्थाको जानकारी पनि पाइन्छ ।

यी ग्रन्थमा नायिकाहरूलाई पतिव्रता देखाइएको छ भने खलनायकका पत्नीहरूको बारेमा अनौठो कुरा लेखिएको छ । विशेषगरी रावण र दुर्योधनका पत्नीले पतिको मृत्युपछि गरेको कामका बारेमा थाहा पाएर तपाईं तीनछक्क पर्नुहुनेछ ।

रावणकी पत्नी मन्दोदरीलाई आफ्नो पतिले सीतालाई अपहरण गरेर ल्याएको थाहा भएपछि निकै दुःख लाग्यो । उनले रावणलाई सम्झाइबुझाइ गरेर सीतालाई रामसमक्ष सुम्पिन विनती गरिन् । तर रावणले मन्दोदरीको कुरै सुनेनन् र रामसँग युद्ध गर्न तयार भए । रावणका भाइ विभीषण रामको शरणमा गए । त्यसैले रावणको कुलमा उनी मात्र बाँचे ।

युद्धको अन्तिम चरणमा रावण मृत्युशय्यामा पल्टेका थिए । त्यतिखेर उनले मन्दोदरीलाई म मरेपछि तिम्रो दुर्दशा नहोस्, भाइ विभीषणसँग विवाह गर भने । पतिव्रता भएका कारण मन्दोदरीले रावणको आज्ञा मानिन् र देवरसँग विवाह गर्न तयार भइन् । यसरी रावणको मृत्युपछि मन्दोदरी लंकाकी महारानी भइरहिन् ।

रामायणमा पतिको मृत्युपछि देवरसँग बिहेको गरेको अर्को घटना पनि छ । विभीषण र मन्दोदरीभन्दा अघि बालीकी पत्नी ताराले पनि यसै गरेकी थिइन् । रामले बालीको वध गरेपछि बालीले पनि ताराको सुरक्षाका लागि उनलाई भाइ सुग्रीवलाई सुम्पेका थिए । मृत्युशय्यामा पल्टेका बालीले पत्नीको हात सुग्रीवको हातमा राखे ।

राजा चन्द्रवर्माकी छोरी भानुमती स्वर्गका अप्सराहरूभन्दा पनि सुन्दरी थिइन् । राजाले आफ्नी छोरीका लागि सुयोग्य वर प्राप्त गर्न स्वयंवर राखे । त्यहाँ दुर्योधन र कर्ण पनि आएका थिए । भानुमतीलाई देखेर दुर्योधनले उनैसँग विवाह गर्ने ठाने ।

स्वयंवरमा वरमाला लिएर गएकी भानुमतीले दुर्योधनलाई वास्ता गरिनन् । दुर्योधन रिसाए र जबर्जस्ती वरमाला आफ्नो गलामा हाले । त्यहाँ पुगेका अन्य राजाले यसको विरोध गर्दा उनले सबैलाई युद्धको चेतावनी दिए ।

चुनौती स्वीकार गर्ने राजालाई दुर्योधनले कर्णसँग भिडाए । कर्णले सबैलाई हराइदिए । दुर्योधनले यसरी जबर्जस्ती भानुमतीसँग विवाह गरे । तर भानुमती कर्णको वीरताबाट प्रभावित भएर उनलाई मनमनै चाहन्थिन् ।

महाभारतको युद्धमा कर्ण र दुर्योधन दुवै मरे । अर्नुनका पुत्र अभिमन्युले भानुमतीका छोरा लक्ष्मणको वध गरे । तर महाभारत युद्ध समाप्त भएपछि भानुमती पाण्डवहरूसँग रिसाइनन् र अर्जुनसँग विवाह गर्न स्वीकार गरिन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ५ : ०० बजे

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर)

तीनजुरे– पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने