सिन्धुपाल्चोक भूकम्प : जलबिरेमा झ्यालबाट हामफाल्दा एक घाइते « Khabarhub

सिन्धुपाल्चोक भूकम्प : जलबिरेमा झ्यालबाट हामफाल्दा एक घाइते


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज बिहान सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प जाँदा जलबिरेमा एक जना घाइते भएका छन् ।

भूकम्पले हल्लाउन थालेपछि झ्यालबाट हाम फाल्दा स्थानीय रामचन्द्र रायमाझी घाइते भएको इलाका प्रहरी कार्यालय जलबिरेले जनाएको छ।

उनी राष्ट्रिय वाणिज्य बैंक जलविरे शाखाका कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

झ्यालबाट हामफाल्दा उनको ढाडमा चोट लागेको जनाइएको । अहिले उनको जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको कार्यालयका प्रहरी निरीक्षक हरि भट्टराईले बताए ।

घाइतेको अवस्था सामान्य रहेको प्रहरिले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : ४२ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक