‘भूकम्पले क्षति गरेको खबर छैन, पहिरोको जोखिम बढायो’ « Khabarhub

‘भूकम्पले क्षति गरेको खबर छैन, पहिरोको जोखिम बढायो’


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले क्षति भएको खबर नआए पनि पहिरोको जोखिम बढाएको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रीनले बताएकी छिन् ।

अहिलेसम्म ठूलो नोक्सानी भएको खबर नआएको र आफूले थप बुझ्ने प्रयास गरिरहेको उनले बताइन । तर भूकम्पले पहिरोको जोखिम बढाएकाले आवश्यक सतर्कताका लागि पहल भइरहेको उनले जानकारी दिइन ।

जोखिम थप बढ्यो : प्रजिअ ढकाल

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भूकम्पपछि पहिरोको जोखिम थप बढेको बताए ।

उनले सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा निकायहरुलाई  तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिए ।

भूकम्प गएको ठाउँको अवस्थाबारे थप जानकारी लिइरहेको पनि उनले बताए ।

झ्यालबाट हामफाल्दा एक घाइते

भूकम्पले हल्लाउन थालेपछि झ्यालबाट हाम फाल्दा जलविरेमा एक जना घाइते भएको प्रहरीले जनाएको छ । उनी राष्ट्रिय बाणिज्य बैंक जलबिरे शाखाका कर्मचारी रहेको जनाइएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ७ : २७ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक