टोखा नगरपालिकाले नगरभित्रका संक्रमित खोज्दै « Khabarhub

टोखा नगरपालिकाले नगरभित्रका संक्रमित खोज्दै


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टोखा नगरपालिकाले नगर क्षेत्र भित्रका कोरोना संक्रमितको खोजी थालेको छ । नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ, पीसीआर परीक्षण र संक्रमितलाई व्यवस्थापन गर्ने योजना अनुसार संक्रमितको खोजी थालेको हो ।

टोखा नगरपालिकामा वैशाख १२ गते पहिलो पटक कोरोना संक्रमित भेटिएका थिए। गएको चार महिनामा टोखा नगरपालिकामा मात्र ४ सय ९५ जना कोरोना संक्रमण भेटिएका छन्। जसमध्ये तीन जनाको मृत्यु भएको छ।

टोखा नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि ३० शय्याको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ। उक्त आइसोलेसन सेन्टरमा हाल २६ जना संक्रमित उपचाररत रहेको टोखा नगरपालिकाका कोभिड संयोजक बसन्त गैरेले बताए।

टोखा नगरपालिकाले दैनिक १ सय ६० देखि २ सय जनाको पिसिआर परीक्षण गर्दै आएको छ। हालसम्म ३ हजार ५ सय १७ जनाको पिसिआर परीक्षण गरिएको संयोजक गैरेले जानकारी दिए। उनका अनुसार ४ सय ९५ संक्रमितमध्ये १ सय ८० जनाको संक्रमण नगरपालिको आफ्नै पहलमा पत्ता लागेको हो।

टोखा नगरपालिकामा जनसंख्या कम भए पनि धेरैभन्दा धेरै संक्रमित खोज्न सफल भएको उनी बताउँछन्। समुदायस्तरमा कोरोना संक्रमितलाई खोजी पहिचान गर्नका लागि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणलाई बढी जोड दिइएको उनले बताए।

कन्ट्याक्ट ट्रेसिङ र परीक्षणका लागि नगरपालिकाले १६ जनाको जनशक्ति खटाएको छ। हालसम्म २ हजार १ सय ३३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको उनले बताए। कन्ट्याक्ट ट्रेसिङ र परीक्षणलाई जोड दिए कोरोना संक्रमण न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।

विभिन्न स्थानमा भद्रगोल रुपमा भइरहेको कन्ट्याक्ट ट्रेसिङलाई टोखा नगरपालिकाले भने व्यवस्थित रुपमा गरिरहेको छ। सरकारले खोजेका संक्रमितलाई मात्र नभई आफैंले संक्रमितलाई खोज्ने गरेको उनले बताए।

समुदायमा कुनै व्यक्तिलाई कोरोना संक्रमण भए नगरपालिकाले उनको सम्पर्कमा आएका प्रत्येक व्यक्तिलाई फलो गर्छ।

कन्ट्याक्ट ट्रेसिङ अन्तर्गत पर्ने व्यक्तिलाई पिसिआर परीक्षणका लागि नगरपालिकाले मोबाइलमै म्यासेज गर्छ। ती व्यक्तिहरु त्यस दिन परीक्षणका लागि आए/नआएको विषयमा पनि दैनिक जानकारी लिने उनले बताए।

यसअघि उनी पनि कन्ट्याक्ट ट्रेसिङमै खटिएका थिए। उक्त आइसोलेसन शय्याको क्षमता बढाउने तयारी समेत भएको उनले जानकारी दिए। टोखा नगरपालिकामा १ लाख ५० जनसंख्या छ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : ३१ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर