म्याग्दीको दग्नाम गाउँ पहिरोको जोखिममा « Khabarhub

म्याग्दीको दग्नाम गाउँ पहिरोको जोखिममा


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी- म्याग्दीको रघुगंगा गाँउपालिका–४ दग्नाम गाउँ पहिरोको जोखिममा परेको छ। पहिरोका कारण आठ घर परिवार विस्थापित भएका छन्।

पहिरो सक्रिय भएपछि दग्नामको गैरीगाउँ, टाय र माझीगाउँका आठ घर परिवार विस्थापित भएका हुन्। जमिन धाँजा फाटेर चिराचिरा पर्ने, घरका पर्खाल चर्कने र भत्किन थालेका छन्।

जोखिममा रहेका घरपरिवारलाई मंगलबार सुरक्षित ठाउँमा सारिएको जनता मावि दग्नामका प्रधानाध्यापक गुन पुनले जानकारी दिए। स्थानीयबासी, युवा क्लव, आमा समूहले घरभित्र रहेका सामान सार्न सहयोग गरेका थिए।

विस्थापित हुनेमा गैरीगाउँका एकबहादुर गर्बुजा, छबहादुर गर्बुजा, रमाया गर्बुजा र रेशम गर्बुजाका परिवार छन्। टोयका मबहादुर गर्बुजा, तुलबहादुर पुन, माझिगाउका तुलबहादुर बिक र गंगा गर्बुजाको परिवार पनि विस्थापित भएका छन्।

भिरालो पाखोमा अवस्थित दग्नाम गाउँको मुनी र माथि दर्जनौ ठाउँमा जमिन चर्किनुका साथै खेतबारीका गह भत्किएका छन्। दग्नाममा डेढ सय बढी घरधुरीको बसोबास छ। केही दिनअघि दग्नामकै राम्कुलीबोटमा गएको पहिरोबाट दश घर जोखिममा परेका छन्।

कृष्ण गर्बुजा, लालप्रसाद गर्बुजा, शिव गर्बुजा, डम्मर गर्बुजा, खड्ग गर्बुजा, खबिर तिलिजा, चन्द्र शेरपुञ्जा, केआइसिंह गर्बुजा र रनबहादुर गर्बुजाको घर उच्च जोखिममा परेका छन्। दग्नामदेखि दर्मीजातर्फ जाने सडक पहिरोले पुरेको छ। आठ वटा विद्युतका पोलमा क्षति पुगेको छ।

देउमान गर्बुजाको गोठमा ढुंगामाटो थुप्रिएको छ। यामकुमार गर्बुजा, कृष्ण गर्बुजा, पविन गर्बुजा, टिका गर्बुजा लगायतको खेतबारी पुरेको छ। प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरी जोखिममा रहेकाको व्यवस्थापन, पहिरोको थप जोखिमको अध्ययनसँगै नियन्त्रणको पहल गरिने गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले बताइन्।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : ३३ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको