कास्कीका २९ सहित गण्डकी प्रदेशमा थपिए ५० कोरोना संक्रमित « Khabarhub

कास्कीका २९ सहित गण्डकी प्रदेशमा थपिए ५० कोरोना संक्रमित


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा कास्कीका २९ जना छन्, जसमा २८ जना पोखरा महानगरपालिकाका हुन् । यसैगरी गोरखाका १३ जना, तनहुँका ५ जना र बाग्लुङका ३ जना रहेको स्वास्थ्य निर्देशनालय कास्कीले जनाएको छ ।

बिहान ५० थपिएसँगै गण्डकीमा अहिलेसम्म संक्रमितको संख्या ३१६६ पुुगेको छ ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८९५ रहेको छ भने निको हुने दर ५९.९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : ३६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना