अमेरिका र इरानबीच दुई साताका लागि युद्धविरामको सहमति « Khabarhub

अमेरिका र इरानबीच दुई साताका लागि युद्धविरामको सहमति


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र इरानबीच दुई साताका लागि ससर्त युद्धविराम र होर्मुज ‘सुरक्षित मार्ग’ उपलब्ध गराउने सहमति भएको छ ।

होर्मुजबाट व्यापारिक जहाजलाई निर्वाध रूपमा आवतजावत गर्न दिने सर्तमा ट्रम्पले दुई साताको युद्धविराम प्रस्ताव स्वीकार गरेको बिबिसीले जनाएको छ ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इरानविरुद्धका आक्रमणहरू रोकिएमा आफूहरू पनि लडाइँ अन्त्य गर्न तयार रहेको बताएका छन् । यसअघि राष्ट्रपति ट्रम्पले समयसीमा तोक्दै सहमति नभए ‘आज राति एउटा सिङ्गो सभ्यताको अन्त्य हुने’ चेतावनी दिएका थिए ।

यस संकटमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले ‘कूटनीतिलाई स्थान दिन’ भन्दै ट्रम्पलाई आफ्नो समयसीमा दुई साता थप्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ५ : ३८ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड