रातो मच्छिन्द्रनाथको रथ भत्काउन थालियो « Khabarhub

रातो मच्छिन्द्रनाथको रथ भत्काउन थालियो


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक हप्ता लाग्ने ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ भत्काउने काम भइरहेको छ ।

सोमबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुंगमती लगिएपछि रथ भत्काउने काम सुरु भएको रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले जानकारी दिए।

विगतका वर्षहरुमा जावलाखेलमा भोटो देखाएर खटमा राखेर मूर्तिलाई बुङ्गमति लगेपछि जावलाखेलमा रथ भत्काउने चलन थियो । तर यसपाली कोरोना सङ्क्रमणको जोखिमकका कारण रथजात्रा छोट्टयाएसँगै पुल्चोकमा रथ भत्काउने काम भएको हो ।

रथ निमार्णको लागि तिथीको आधार लिएर बनाउनुपर्ने समयसीमा भए पनि रथ भत्काउन त्यस्तो समयसीमा नभएको बाराहीले बताए । बाराही समुदायले रथमा राखिएको सुनको फूल र नाग निकालेपछि मात्र रथको विभिन्न भागबाट काठ निकाल्ने काम हुन्छ । रथ पूरै भत्काउन अझै एक हप्ता लाग्ने पनि बाराहीले जानकारी दिए ।

यसरी रथ भत्काएर आएको धमा भनिने लामो काठ पुल्चोकमा रहेको धमापाटीमा राखिन्छ । त्यस्तै चार वटा ठूला पाङग्रा जावलाखेलमा रहेको पाटीमा राखिन्छ । जुन अर्को वर्ष रथ बनाउन प्रयोग गरिन्छ । त्यस्तै रथ बनाउन प्रयोग गरिएका विभिन्न काठ, बेत र डोरी केही गुठी संस्थानले राख्छ भने केही रथको काठ निकाल्न खट्नेहरुका लागि ज्याला बापत दिइन्छ ।

युवा समुदाय र बुङ्गमतीका स्थानीयहरुले रथबाट काठ छुट्टयाउने कामको आधा आधा जिम्मेवारी लिएका हुन्छन् । मीननाथको रथ भत्काउने काम पाटनको तंगलमा हुनेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : ४२ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु