कांग्रेसमा सत्ताको ध्यान, न नीति न कार्यक्रम | Khabarhub Khabarhub

कांग्रेसमा सत्ताको ध्यान, न नीति न कार्यक्रम



साढे चार वर्षअघि फागुनमा पार्टीको तेह्रौँ महाधिवेशनमा भाग लिन आएको प्रतिनिधिहरूको एउटा टोली आफ्नो पार्टी मुख्यालय सानेपामा पुगेर भित्तामा राखिएका तस्वीर हेर्न थालेछ । तीमध्ये एकजनाले बीपी कोइराला र सुवर्णशमशेर राणाको तस्वीर देखाउँदै सोधेछन्, ‘अरूलाई त चिनेँ, यी दुई जना बुढाहरू को को रहेछन् ?’

समाचारका लागि टेलिफोन कुराकानीका क्रममा केन्द्रीय कार्यालयका एक कर्मचारीले उक्त प्रसङ्ग सुनाउँदै समाचार बनाइदिन आग्रह गरेका थिए ।

केही वर्षअघि कांग्रेसका एक युवा नेताले एउटा जमघटमा सुनाए- एक जना महाधिवेशन प्रतिनिधिलाई टेलिफोन गरी ‘जय नेपाल’ भनेँ, उनले को जय नेपाल भनेर सोधे, मैले फेरि जय नेपाल भनेँ । उनले यो जय नेपालको फोन होइन, रङ नम्बर भन्दै राखिदिए ।

केही दिनअघि धरानकी एक कांग्रेस कार्यकर्ताले फेसबुकमा लेखेअनुसार धरान उपमहानगरपालिकाको प्रमुख निर्वाचनका क्रममा बीपी कोइरालाको फोटो अंकित प्लाकार्ड बनाउने क्रममा नेवि संघका एक कार्यकर्ताले सोधेछन्– यो बुढो पनि चुनाव उठेको हो र !

उल्लिखित प्रसङ्गहरू सत्य हुन सक्छन् र नहुन पनि सक्छन् । प्रशिक्षणविहीन भिडको पार्टी नेपाली कांग्रेसका नयाँ पुस्ताका सामान्य कार्यकर्ताले बीपी नचिन्नु र जय नेपाल नबुझ्नु अनौठोको कुरा होइन ।

अर्को एक सत्य घटना भने आश्चर्यलाग्दो नै थियो । घटना २०५८ सालताकाको हो । त्यस बेलाका कांग्रेसी सञ्चार राज्यमन्त्रीले राती ११ बजेतिर टेलिफोन गरेर गोरखापत्रका प्रधानसम्पादकलाई हकार्दै भनेछन्- तपाईंलाई यतिकै सम्पादक बनाएको हो ? जथाभावी छाप्ने ? मेरै मानहानी गर्ने ?’

राज्यमन्त्रीले यसरी हकारेपछि सरकारी मुखपत्रका सम्पादकले तत्काल आफ्ना सहकर्मीहरूसँग वास्तविकता बुझेछन् । अनि, आफैँले राज्यमन्त्रीलाई टेलिफोन गरेर स्पष्ट पार्न खोजेछन् ।

विचार र सिद्धान्त व्याख्याको मामिलामा विशेष क्षमता भएको नेतृत्व चाहिन्छ । बीपीको निधनपछि त्यो क्षमता नेपाली कांग्रेसका नेताहरूमा देखिएन । यो नेपाली कांग्रेसको मात्रै समस्या होइन, धेरै पार्टीहरूको हो । विचार सिद्धान्तको व्याख्या जबरजस्ती सम्भव हुँदैन ।

राज्यमन्त्रीले फेरि हकार्दै भनेछन्– पत्रपत्रिका पढ्नुहुन्न कि क्या हो ? जनधारणा साप्ताहिक हेर्नु त ?’

गोरखापत्रका सम्पादकले भनेछन्– जनधारणा साप्ताहिकमा आएको कुरा म कसरी थाह पाऊँ ?’

राज्यमन्त्रीले सोधेछन्- गोरखापत्रअन्तर्गत नै होइनन् र अरू पत्रिकाहरू ?

उनी सञ्चार राज्यमन्त्री भएको तीन महिनाजति भइसकेको थियो ।

पञ्चायतकालमै नेवि संघमा लामो समय नेतृत्वमा रहेका र पटकपटक सांसद र राज्यमन्त्रीसम्म भएका नेतालाई नै यो सामान्य जानकारी हुँदैन भने नयाँ पुस्ताका सामान्य कार्यकर्ताहरूको हालत के होला !

वीपी कोइरालाले आफ्नो जीवनको करिब उत्तरार्धमा दिएको अन्तवार्ताको एक अंश यतिबेला अझ सान्दर्भिक होला ।

भारतबाट प्रकाशित हुने अमृतबजार पत्रिकाका लागि कलकत्ताका निमित्त सम्पादक तीर्थकर मुखर्जीले बीपीलाई सोधेका थिए- तपाईं प्रायः जेलमै हुनुहुन्छ वा निर्वासनमा, त्यसकारण तपाईंको पार्टीले दोस्रो तहका नेताहरूको पनि विकास गरेको छ । त्यो दोस्रो तह कत्तिको राम्रो छ ? राजनीतिबाट तपाईं लोप हुनुभयो भने तिनले आन्दोलन चलाउन र अझ महत्वपूर्ण कुरो त देशको प्रशासन चलाउन सक्छन् ? दोस्रो तहको नेतृत्व वर्गलाई तपाईंको सन्तुष्टिबमोजिम विकास गर्न सक्नुभएको छ ?

हुन पनि बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र मानवअधिकार तथा धार्मिक स्वतन्त्रताको मात्रै व्याख्या गरेका छैनन् । नेपालले अपनाउनुपर्ने हरेक क्षेत्र तथा विधाका मोडलको व्याख्या गरेका छन् । बीपीले गरेको व्याख्या तथा मार्गनिर्देशलाई आत्मसातमात्रै गरे पनि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताका लागि ८० प्रतिशत बौद्धिक खुराक पुग्छ ।

बीपीको उत्तर थियो- मैले तपाईंलाई देश सञ्चालन गर्न सक्ने दोस्रो तहको नेतृत्व छ भनेँ भने त्यो तपाईंप्रति न्याय र स्वयंप्रति इमानदार नभएको ठहरिन्छ । हाम्रा मानिसहरू एकदमै इमानदार छन् र तिनीहरूले बडो दुःख पाएका छन् ।

तर, उनीहरूले सबै कुरा आफैँ सञ्चालन गर्न सक्छन् भनेर म भन्दिनँ । अन्तर्राष्ट्रिय मामिलामा, वित्तीय मामिलामा, योजनामा हाम्रा कार्यकर्ताहरूमध्येमा हामीसँग अत्यन्त सक्षम मानिस छैनन् । त्यसका लागि हामीले बाहिरबाट मानिस झिकाउनुपर्ला तर हामी त्यसो गर्न पनि चाहँदैनौँ ।

हुन पनि बीपीको निधनपछि भएका नेपाली कांग्रेसका कुनै पनि महाधिवेशनमा सैद्धान्तिक, वैचारिक र नीति तथा कार्यक्रमका एजेण्डा प्रवेश गरेको देखिन्न । नेपाली कांग्रेस स्थापना भएको ७४ वर्ष भयो । तीस वर्ष लामो पञ्चायती कालखण्डमा महाधिवेशन गर्न सम्भव भएन ।

२००३ देखि २०१७ सालसम्मको १४ वर्षमा नेपाली कांग्रेसका सात वटा महाधिवेशन भए । २०१४ सालमा जनकपुरमा सम्पन्न विशेष महाधिवेशनसमेत आठ वटा । यी आठै वटा महाधिवेशन हरेक दृष्टिकोणले ऐतिहासिक भए । सैद्धान्तिक र वैचारिक छलफलका अतिरिक्त स्पष्ट नीति तथा कार्यक्रमहरू तय भए ।

२०४८ सालयताको ३० वर्षको अवधिमा भएका ५ वटा महाधिवेशन चाहिँ कर्मकाण्डमै सीमित भए ।

विचार र सिद्धान्त व्याख्याको मामिलामा विशेष क्षमता भएको नेतृत्व चाहिन्छ । बीपीको निधनपछि त्यो क्षमता नेपाली कांग्रेसका नेताहरूमा देखिएन । यो नेपाली कांग्रेसको मात्रै समस्या होइन, धेरै पार्टीहरूको हो । विचार सिद्धान्तको व्याख्या जबरजस्ती सम्भव हुँदैन ।

नीति तथा कार्यक्रमहरूमा बहस र छलफल महाधिवेशनको अङ्ग नै हुनुपर्ने हो । कांग्रेसमा भने यस्तो देखियो- जे कुरा बीपीले बोलेका, लेखेका थिए, ती सबै दस्तावेजमा छँदैछन्, जे कुरा बीपीले लेखेका बोलेका छैनन् ती कुरा आवश्यक पनि छैनन् ।

राजनीतिक दलको महाधिवेशन नीति बनाउने र नेतृत्व चयन गर्ने विशेष पर्व हो । दलहरूले आफ्नो उद्देश्य पूर्तिका लागि नीति र नेतृत्व टुङ्गो लगाउँछन् । स्थापनाकालदेखि चौथो महाधिवेशनसम्म राणा शासन ढालेर प्रजातन्त्र स्थापना गर्ने एक सूत्रीय लक्ष्य थियो नेपाली कांग्रेसको ।

हुन पनि बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र मानवअधिकार तथा धार्मिक स्वतन्त्रताको मात्रै व्याख्या गरेका छैनन् । नेपालले अपनाउनुपर्ने हरेक क्षेत्र तथा विधाका मोडलको व्याख्या गरेका छन् । बीपीले गरेको व्याख्या तथा मार्गनिर्देशलाई आत्मसातमात्रै गरे पनि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताका लागि ८० प्रतिशत बौद्धिक खुराक पुग्छ ।

विडम्बना ! बीपी नै नचिन्नेहरूको संख्या नेपाली कांग्रेसमा बढ्दो छ ।

बीपी जीवित हुँदाको र अहिलेको अवस्थामा देशको र विश्वको परिदृश्य धेरै फरक भएको छ । बीपीको पालामा विश्वबाट कम्युनिष्ट राज्यसत्ता गल्र्यामगुर्लुम ढल्छ भन्ने संकेत समेत देखिएको थिएन । नेपालमा विश्वव्यापी सूचना प्रविधिको क्रान्ति यसरी होला भन्ने अनुमान थिएन । छिमेकी मुलुक चीन कम्युनिष्ट जडसूत्रवादबाट उम्कने अनुमान गरिएको थिएन । अर्को छिमेकी मुलक भारत बैंक तथा वित्तीय संस्था एवं उद्योगहरू राष्ट्रियकरण गर्ने धुनमै थियो ।

नेपालमा यसरी यति छिटै राजतन्त्र उन्मूलन हुन्छ भन्ने पनि संकेत थिएन । बीपीको निधनको दुई वर्षअघिमात्रै पञ्चायती व्यवस्था जनमत संग्रहबाट अनुमोदन भएको थियो । यस्तो परिस्थितिको सेरोफेरोमा बीपीले दिएको मार्ग दर्शनलाई कुरान, बाइवल वा गीताका अक्षर जसरी हुवहु आत्मसात गर्ने कि त्यसको लाक्षणिक अर्थ खोज्ने ?

यस विषयमा बहस अघि बढाएर समसामयिक ढङ्गले नीति र कार्यक्रमहरू परिमार्जन र परिष्कार गर्दै अघि बढ्ने अवसर २०४८ पछि नेपाली कांग्रेस नेताहरूलाई थियो । तर, कसैले यसतर्फ चासो देखाएन वा त्यस्तो क्षमता देखाउन सकेन ।

यो पुस्ताले नेपाली कांग्रेसलाई सत्ताप्राप्तिको समूह नै हो बुझेको छ । पार्टीलाई जसले सत्तामा पुर्‍याउन सक्छ उसैलाई सभापति निर्वाचित गराउने मनस्थितिमा कांग्रेस प्रतिनिधिहरू महाधिवेशनमा भाग लिन आउने गरेका छन् ।

राजनीतिक दलको महाधिवेशन नीति बनाउने र नेतृत्व चयन गर्ने विशेष पर्व हो । दलहरूले आफ्नो उद्देश्य पूर्तिका लागि नीति र नेतृत्व टुङ्गो लगाउँछन् । स्थापनाकालदेखि चौथो महाधिवेशनसम्म राणा शासन ढालेर प्रजातन्त्र स्थापना गर्ने एक सूत्रीय लक्ष्य थियो नेपाली कांग्रेसको । यो लक्ष्य पूरा भएपछि प्रजातन्त्रको स्थायित्व र सामाजिक न्यायसहितको मुलुकको समृद्धिलाई नेपाली कांग्रेसले उद्देश्य बनायो ।

सातौँ महाधिवेशन अर्थात २०१७ सालसम्म यही उद्देश्य मूल एजेण्डा बन्यो । यसका लागि नीति निर्माण र सोहीअनुसार नेतृत्व चयनमा नेपाली कांग्रेस गम्भीर थियो ।

२०४८ साल अर्थात आठौँ महाधिवेशनपछि कांग्रेसको मुख्य उद्देश्य सत्ताप्राप्तिमात्रै भएको देखिन्छ । सातौँ महाधिवेशनसम्म नेपाली कांग्रेस मुलुक रूपान्तरणको एउटा आन्दोलनको नाम थियो । आठौँ महाधिवेशनदेखि कांग्रेस सत्ताप्राप्तिका लागि एकीकृत समूहमा रूपान्तरण भयो ।

आठौँ महाधिवेशन यता पार्टीमा सामेल भएको पुस्ताका धेरैलाई नेपाली कांग्रेस मुलुक रूपान्तरणको आन्दोलन हो भन्ने थाहा छैन । यो पुस्ताले नेपाली कांग्रेसलाई सत्ताप्राप्तिको समूह नै हो बुझेको छ । पार्टीलाई जसले सत्तामा पुर्‍याउन सक्छ उसैलाई सभापति निर्वाचित गराउने मनस्थितिमा कांग्रेस प्रतिनिधिहरू महाधिवेशनमा भाग लिन आउने गरेका छन् ।

बीपीलाई आदर्श मानेको पुस्ताका नेताहरू गिरिजाप्रसाद र देउवाले त सत्ताबाहेक अर्को एजेण्डा पहिल्याउन सकेनन् भने गिरिजाप्रसाद र देउवालाई आदर्श मानेको पुस्ताका नेताहरूले महाधिवेशनलाई वैचारिक मन्थनको थलो बनाउलान् भन्नु कोरा कल्पना हुनेछ ।

महाधिवेशनमा सभापति पदका उम्मेदवारले यो तरिकाले, यसरी यति समयमा म नेपाली कांग्रेसलाई सत्तामा पुर्‍याउन सक्छु भन्ने विश्वास दिलाए पुग्छ । त्यसैले त सभापति पदका आकाङ्क्षी नेताहरूका एजेण्डा पनि सत्ता केन्द्रित नै हुने गरेको छ ।

२०५७ सालमा पोखरामा सम्पन्न दशौँ महाधिवेशनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले जुन एजेण्डा अघि सारेका थिए, १४औँ महाधिवेशनको संघारमा युवापुस्ताका नेताले त्यही एजेण्डा अघि सारेका छन् । त्यो हो– उमेरको एजेण्डा । त्यतिबेला देउवाले भनेका थिए– उमेरका कारण गिरिजाबाबु गलिसक्नुभयो, म बलियो छु, देशव्यापीरूपमा दौडधुप गरेर पार्टीलाई सत्तामा पुर्‍याउन सक्छु ।’

अहिलेको युवापुस्ता त्यही भन्दैछ, जो देउवाले भनेका थिए । बीपीलाई आदर्श मानेको पुस्ताका नेताहरू गिरिजाप्रसाद र देउवाले त सत्ताबाहेक अर्को एजेण्डा पहिल्याउन सकेनन् भने गिरिजाप्रसाद र देउवालाई आदर्श मानेको पुस्ताका नेताहरूले महाधिवेशनलाई वैचारिक मन्थनको थलो बनाउलान् भन्नु कोरा कल्पना हुनेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १२ : २४ बजे

बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

बेरुत – लेबनानको राजधानीमा भएको इजरायली हवाई आक्रमणमा शनिबार कम्तिमा

अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

नुवाकोट – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न

भारतीय सेना प्रमुख पोखरामा, वीरता पुरस्कार विजेताहरुलाई सम्मान

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

काठमाडौं – गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो

स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

भरतपुर – चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस