योसिहिडे सुगा बने जापानको नयाँ प्रधानमन्त्री « Khabarhub

योसिहिडे सुगा बने जापानको नयाँ प्रधानमन्त्री


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – योसिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई जापानको संसद्ले प्रधानमन्त्रीको रुपमा चयन गरेको छ ।

गत सोमबार सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले उनलाई आफ्नो नेता चयन गरेसँगै सुगा जापानको नयाँ प्रधानमन्त्री बन्न निश्चितजस्तै भएको थियो ।

बुधबार भएको मतदानमा ७१ वर्षीय सुगाले जित हासिल गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघिका लोकप्रिय प्रधानमन्त्री सिन्जो आबेले आफ्नो कार्यकाल सकिनुभन्दा अघि नै स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि उनको बाँकी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीको चयन गरिएको हो ।

आगामी वर्ष हुने संसदीय निर्वाचनसम्म सुगा जापानको प्रधानमन्त्रीको रुपमा रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

उनी एक स्ट्रबेरी किसानका छोरा हुन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १२ : ०९ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी