योसिहिडे सुगा बने जापानको नयाँ प्रधानमन्त्री « Khabarhub

योसिहिडे सुगा बने जापानको नयाँ प्रधानमन्त्री


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – योसिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई जापानको संसद्ले प्रधानमन्त्रीको रुपमा चयन गरेको छ ।

गत सोमबार सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले उनलाई आफ्नो नेता चयन गरेसँगै सुगा जापानको नयाँ प्रधानमन्त्री बन्न निश्चितजस्तै भएको थियो ।

बुधबार भएको मतदानमा ७१ वर्षीय सुगाले जित हासिल गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघिका लोकप्रिय प्रधानमन्त्री सिन्जो आबेले आफ्नो कार्यकाल सकिनुभन्दा अघि नै स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि उनको बाँकी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीको चयन गरिएको हो ।

आगामी वर्ष हुने संसदीय निर्वाचनसम्म सुगा जापानको प्रधानमन्त्रीको रुपमा रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

उनी एक स्ट्रबेरी किसानका छोरा हुन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १२ : ०९ बजे

विशेष महाधिवेशनमा धमाधम भोजन ! (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ ।

सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी

बिर्तामोड– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको