एन्फामा कर्मचारीको तलब १० देखि २० प्रतिशतसम्म बढ्ने « Khabarhub

एन्फामा कर्मचारीको तलब १० देखि २० प्रतिशतसम्म बढ्ने


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले कर्मचारीहरुको तलब बढाउने भएको छ । एन्फाले १० देखि २० प्रतिशतसम्म तलब बढाउन लागेको हो ।

नोबेल कोरोना भाइरसको महामारीका बीच पनि एन्फाले आफ्ना कर्मचारीहरुको तलब बढाउने तयारी गरेको छ । एन्फाका एक पदाधिकारीका अनुसार अबको केही दिनभित्रै बस्ने केन्द्रीय कार्यसमिति बैठकले कर्मचारीहरुको तलब बढाउने छ ।

यसअघि कर्मचारीहरुले साउदेखि नै तलब बढाउन दबाब दिएपनि अध्यक्ष कर्मा छिरिङ शेर्पाले कर्मचारीको तलबको प्रस्ताव केन्द्रीय कार्यसमितिमा लैजान भनेपछि अब बस्ने कार्यसमितिले यसको विषयमा निर्णय गर्ने ती पदाधिकारीले बताए ।

फेडेरेसन अफ इन्टरनेसनल फुटबल एसोसियसन (फिफा) र एसियन फुटबल फेडेरेसन (एएफसी) को अनुदानबाट चल्ने एन्फामा कर्मचारीहरुको सम्झौताको विषयले पनि केही समय लिएको बताइएको छ ।

‘तत्कालै बस्ने कार्य समितिमा कर्मचारीदेखि खेलाडीको तलब बढाउने प्रस्ताव जान्छ । त्यसमा छलफल भएपछि मात्रै के कति बढ्ने भन्ने हुन्छ,’ ती पदाधिकारीले खबरहबसँग भने, ‘अहिले जसले सबैभन्दा बढी तलब खान्छ उसको १० प्रतिशत बढाउने र त्यसपछि अलि कम हुनेको १५ प्रतिशत र निकै कम तलब पाउने कर्मचारीहरु पनि छन् । उनीहरुको २० प्रतिशतका हिसाबले बढ्नेछ ।’

झण्डै २०–२५ वर्षदेखि एन्फाको विभिन्न तहमा रहेर काम गरिसकेका कर्मचारीहरुलाई फिफा र एएफसीले सम्झौतामा लैजान भनेपछि केही समस्या उत्पन्न भएको हो । यस्तै, सम्झौतालाई लिएर एन्फा कर्मचारीहरुको तलबसमेत रोकिएको बताइएको छ ।

‘अहिले सम्झौतालाई लिएर कर्मचारीहरु केही रिसाएको भनिएको छ । यद्यपि उहाँहरु (कर्मचारी) हरुले सम्झौतामा हस्ताक्षर गर्नेमा हामी विश्वस्त छौं, फिफा र एएफसीले सम्झौता विना तलब नै नदे भनिसकेको छ,’ ती पदाधिकारीले भने ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १ : ४९ बजे

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

काठमाडौं– सुदूरपश्चिम रोयल्सले प्राइम टायल्सलाई आफ्नो आधिकारिक प्रिमियम भिट्रिफाइड टायल्स

कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ

काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि तल्लो निकाय

जलवायु चुनौतीको समाधानमा साझा संकल्प आवश्यक : मन्त्री चौधरी

मुस्ताङ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान