पूर्ण क्षमतामा यात्रु राख्न नपाएसम्म उडान नगर्ने वायु सेवा सञ्चालक संघको निर्णय | Khabarhub Khabarhub

पूर्ण क्षमतामा यात्रु राख्न नपाएसम्म उडान नगर्ने वायु सेवा सञ्चालक संघको निर्णय


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वायु सेवा सञ्चालक संघले पूर्ण क्षमतामा यात्रु राखेर सेवा दिन नपाएसम्म उडान नै नगर्ने निर्णय गरेको छ ।

५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका उनीहरूले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा ५० प्रतिशत यात्रु राखेर उडान सम्भव नभएको प्रष्ट्याएका छन् ।

कोरोना भाइरसको महामारीले आर्थिक गतिविधि चलायमान हुन नसकेका बेला सिट क्षमताका ५० प्रतिशत मात्रै यात्रु राख्दा भाडा महंगो हुने र यात्रुले बेहोर्न नसक्ने भएकाले उडान सुरू गर्नुको औचित्य नभएको उनीहरूको ठहर छ ।

भारत लगायतका अन्य मुलुकमा खोलिएको आन्तरिक उडानमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सिट क्षमता अनुसारकै यात्रु राख्न दिइएकाले नेपालमा पनि त्यस्तै व्यवस्था गर्न माग गरिएको संघका प्रथम उपाध्यक्ष अनोज रिमालले जानकारी दिए ।

सरकारले व्यावहारिक निर्णय नगरेसम्म असोज १ देखि सुरू गर्ने भनेको आन्तरिक उडानको सेवा दिन नसकिने उनले जनाएका छन् । यही व्यहोराको पत्र बुधबार नै मन्त्रालयमा दर्तासमेत गरिएको उनले बताए ।

नेपालमा कोरोना भाइरसको संक्रमणको दोस्रा संक्रमित देखिएपछि सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेपछि आन्तरिक उडान बन्द हुँदै आएको छ ।

नेपाली उद्धार गर्न नियमित अन्तर्राष्ट्रिय उडान र चार्टर उडान खुला भइसके पनि आन्तरिक उडान नखोलिएको भन्दै हवाई सेवा सञ्चालकहरूले छिटो उडान खुला गर्न दबाब दिदै आएका थिए ।

व्यवसायीकै दबाबले असोज १ देखि उडान खुला गर्ने सरकारले निर्णय गरे पनि कतिपय सर्त व्यावहारिक नभएको भन्दै उनीहरूले त्यसमा असहमति जनाएपछि तत्काल आन्तरिक उडान सुरू नहुने संकेत देखिएको छ ।

 

 

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ५ : ५५ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय