चक्रपथ पुननिर्माणलाई तीव्रता दिन रास्वपा सांसद पराजुलीको माग « Khabarhub

चक्रपथ पुननिर्माणलाई तीव्रता दिन रास्वपा सांसद पराजुलीको माग


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले चक्रपथ पुननिर्माणलाई तीव्रता दिन माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले चक्रपथ निर्माणको प्रक्रियाले विकासको लथालिङ्ग अवस्था उजागार गरेको बताएका हुन् । उनले सन् २०१८ मा सुरु भएको चक्रपथ निर्माणको प्रक्रियाले विकासको लथालिङ्ग अवस्था उजागर गरेको बताए ।

अब उक्त योजना तीव्र गतिमा सम्पन्न गराउन सरकारसँग सांसद पराजुलीको माग छ । ‘चक्रपथ निर्माणमा ढिलाइ हुँदा जनताले धुलो र हिलो भोग्नुपरेको समस्या चाँडै समाधान होस्,’ उनले भने ।

योसँगै आफ्नो निर्वाचन क्षेत्रमा पर्ने ढुङ्गेधाराको डुबानको समस्या समाधानका लागि पनि उनले सरकारसँग आग्रह गरे । ‘मेरो निर्वाचन क्षेत्रमा पर्ने ढुङ्गेधाराका नागरिकले वर्षौदेखि डुबानको समस्या खेप्नुपरेको छ । यस्तै त्यहाँ निर्माण गर्नुपर्ने अण्डरपासको काम पनि भएको छैन,’ उनले भने ।

यस्तै, बर्खायाम सुरु हुनुअधिनै समस्या समाधानको योजना बनाउन सरकारलाई उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ३ : १२ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष