पूर्ण क्षमतामा यात्रु राख्न नपाएसम्म उडान नगर्ने वायु सेवा सञ्चालक संघको निर्णय « Khabarhub

पूर्ण क्षमतामा यात्रु राख्न नपाएसम्म उडान नगर्ने वायु सेवा सञ्चालक संघको निर्णय


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वायु सेवा सञ्चालक संघले पूर्ण क्षमतामा यात्रु राखेर सेवा दिन नपाएसम्म उडान नै नगर्ने निर्णय गरेको छ ।

५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका उनीहरूले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा ५० प्रतिशत यात्रु राखेर उडान सम्भव नभएको प्रष्ट्याएका छन् ।

कोरोना भाइरसको महामारीले आर्थिक गतिविधि चलायमान हुन नसकेका बेला सिट क्षमताका ५० प्रतिशत मात्रै यात्रु राख्दा भाडा महंगो हुने र यात्रुले बेहोर्न नसक्ने भएकाले उडान सुरू गर्नुको औचित्य नभएको उनीहरूको ठहर छ ।

भारत लगायतका अन्य मुलुकमा खोलिएको आन्तरिक उडानमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सिट क्षमता अनुसारकै यात्रु राख्न दिइएकाले नेपालमा पनि त्यस्तै व्यवस्था गर्न माग गरिएको संघका प्रथम उपाध्यक्ष अनोज रिमालले जानकारी दिए ।

सरकारले व्यावहारिक निर्णय नगरेसम्म असोज १ देखि सुरू गर्ने भनेको आन्तरिक उडानको सेवा दिन नसकिने उनले जनाएका छन् । यही व्यहोराको पत्र बुधबार नै मन्त्रालयमा दर्तासमेत गरिएको उनले बताए ।

नेपालमा कोरोना भाइरसको संक्रमणको दोस्रा संक्रमित देखिएपछि सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेपछि आन्तरिक उडान बन्द हुँदै आएको छ ।

नेपाली उद्धार गर्न नियमित अन्तर्राष्ट्रिय उडान र चार्टर उडान खुला भइसके पनि आन्तरिक उडान नखोलिएको भन्दै हवाई सेवा सञ्चालकहरूले छिटो उडान खुला गर्न दबाब दिदै आएका थिए ।

व्यवसायीकै दबाबले असोज १ देखि उडान खुला गर्ने सरकारले निर्णय गरे पनि कतिपय सर्त व्यावहारिक नभएको भन्दै उनीहरूले त्यसमा असहमति जनाएपछि तत्काल आन्तरिक उडान सुरू नहुने संकेत देखिएको छ ।

 

 

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ५ : ५५ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने