शिक्षामन्त्रीलाई कांग्रेस नेता गगन थापाको २१ बुँदे सुझाब « Khabarhub

शिक्षामन्त्रीलाई कांग्रेस नेता गगन थापाको २१ बुँदे सुझाब


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस सांसद गगन थापाले संसदभित्र पार्टीले दिएको छायाँ शिक्षामन्त्रीको हैसियतमा कोभिड संकटको समयमा विद्यालय शिक्षा निरन्तरता सम्बन्धमा विभिन्न सुझावसहित शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

थापाले सबै समुदायको अवस्था एउटै नरहेकाले विद्यालय सञ्चालन मापदण्ड बनाई स्थानीय सरकारहरूलाई स्वास्थ्य संस्थासँगको समन्वयमा संक्रमण न्यून रहेका समुदायका विद्यालय तत्काल सञ्चालन गर्ने, अनलाइन लगायतका वैकल्पिक विधिहरू प्रभावकारी बनाउन सुझाब दिएका छन् ।

उनले कुनै पनि प्रविधिको पहुँचमा नरहेका सीमान्तकृत समुदायका विद्यार्थीलाई सिकाइको विशेष प्याकेज ल्याउन पनि माग गरेका छन् । कोभिड—१९ संकट सुरु भएपछि गत वैशाखदेखि नै विद्यालयहरूमा पठनपाठन बन्द हुदा ८७ लाखभन्दा बढी विद्यार्थी घरैमा बस्न बाध्य छन् । वैकल्पिक तरिकाबाट सिकाइ अगाडि बढाउन गरिएका प्रयासहरू निकै सीमित विद्यार्थीमा मात्र पुग्न सकेको छ ।

सांसद थापाले २०७७ वैशाखको अन्तिम साता नै विज्ञ र सरोकारवालासँगको परामर्शमा ‘कोभिड–१९ को प्रभावको न्यूनीकरण गर्दै सबैका लागि सिकाइ’ शीर्षकको नीतिपत्र बुझाएका थिए । सरकारले असार १ गतेदेखि नै सिकाइ चालु गर्ने भनेर सिकाइ सहजीकरण निर्देशिका ल्याए पनि प्रभावकारी हुन सकेको छैन ।

हालै शिक्षा मन्त्रालय असोज १ देखि शैक्षिक सत्र सुरु गर्ने भन्दै नयाँ निर्देशिका ल्याएको छ । सांसद थापाले सो निर्देशिका माथि र अन्य थुप्रै सवालमा विज्ञ एवम सरोकारवालासँगको परामर्शबाट सुझावहरू तयार गरेको बताएका छन् ।

विद्यालय शिक्षा अगाडि बढाउन आवश्यक इच्छाशक्ति र तदारुकता सरकारले नदेखाएर शैक्षिक सत्र नै खेर जाने खतरा बढेकाले आफु थप चिन्तित बनेको थापाको भनाइ छ । उनले १३ वटा शीर्षकमा २१ वटा सुझाव दिएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : ३८ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज