मन्त्री भट्ट आफै ग्राहक बनेपछि… « Khabarhub

मन्त्री भट्ट आफै ग्राहक बनेपछि…


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुधबार  बजार अनुगमनमा निस्किए ।

कोरोना भाइरस (कोभिड १९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उनी आफैँ काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा बुधबार ग्राहक बनेर बजारमा पुगे ।

झण्डाबिनाको गाडीमा सवार भएका मन्त्री भट्ट कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुग्दा कसैले चिनेनन् । त्यसक्रममा उनले २० केजी प्याज किने त्यो पनि प्रचलित मूल्यभन्दा बढीमा ।

मन्त्री आफैँ ठगिएपछि उनले तत्काल स्थानीय प्रशासनलाई फोन गरी बढी मूल्य लिने थोक पसलेलाई कारबाही गर्न निर्देशन दिए ।

वाणिज्य विभागले बढी मूल्यमा प्याज विक्री गर्ने पसललाई कारवाहीको प्रक्रिया समेत अगाडि बढाइसकेको छ ।

अहिले भारतबाट प्याज निर्यात नभएपछि व्यापारीले दोब्बरमूल्यमा प्याज बिक्री गरिरहेका छन् । चाडपर्व नजिकिदै गर्दा तरकारी, खाद्यपदार्थको मूल्य बढेको छ ।

मन्त्री भट्टलाई बिहानै उपभोक्ताले प्याजको मूल्य एक्कासी बढेको गुनासो गरेपछि मन्त्री भट्ट बिहानै बजारको माहोल बुझ्न निस्किएको स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।

आफैँ ठगिएपछि मन्त्री भट्टले बजार अनुगमनलाई तीब्र पार्न पनि सम्बन्धित निकालाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १० : ११ बजे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

ट्रम्पको चेतावनी बेवास्ता गर्दै इरान अडानमै, सैन्य कारबाही जारी

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा