मन्त्री भट्ट आफै ग्राहक बनेपछि... | Khabarhub Khabarhub

मन्त्री भट्ट आफै ग्राहक बनेपछि…


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुधबार  बजार अनुगमनमा निस्किए ।

कोरोना भाइरस (कोभिड १९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उनी आफैँ काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा बुधबार ग्राहक बनेर बजारमा पुगे ।

झण्डाबिनाको गाडीमा सवार भएका मन्त्री भट्ट कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुग्दा कसैले चिनेनन् । त्यसक्रममा उनले २० केजी प्याज किने त्यो पनि प्रचलित मूल्यभन्दा बढीमा ।

मन्त्री आफैँ ठगिएपछि उनले तत्काल स्थानीय प्रशासनलाई फोन गरी बढी मूल्य लिने थोक पसलेलाई कारबाही गर्न निर्देशन दिए ।

वाणिज्य विभागले बढी मूल्यमा प्याज विक्री गर्ने पसललाई कारवाहीको प्रक्रिया समेत अगाडि बढाइसकेको छ ।

अहिले भारतबाट प्याज निर्यात नभएपछि व्यापारीले दोब्बरमूल्यमा प्याज बिक्री गरिरहेका छन् । चाडपर्व नजिकिदै गर्दा तरकारी, खाद्यपदार्थको मूल्य बढेको छ ।

मन्त्री भट्टलाई बिहानै उपभोक्ताले प्याजको मूल्य एक्कासी बढेको गुनासो गरेपछि मन्त्री भट्ट बिहानै बजारको माहोल बुझ्न निस्किएको स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।

आफैँ ठगिएपछि मन्त्री भट्टले बजार अनुगमनलाई तीब्र पार्न पनि सम्बन्धित निकालाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १० : ११ बजे

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न