नेप्सेमा झिनो सुधार « Khabarhub

नेप्सेमा झिनो सुधार


३१ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा बुधबार कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से परिसूचक ५.३६ बिन्दुले बढेर एक हजार ५४१.४० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत ०.८३ ले वृद्धि भई ३०५.४८ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता शेयर रु एक अर्ब ८४ करोड ५६ लाख ३४ हजार ३० मूल्यमा खरीद बिक्री भयो ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये बुधबार बैंकिङ उपसमूहको मात्रै शेयर कारोबार ओरालो लागेको छ भने अन्य सबै उपसमूह भने उकालो लागेको छ ।

बैंकिङ ४.५८ ले ओरालो लाग्दा व्यापार २०.९३, होटल १४२.८१, विकास बैंक २.०८, जलविद्युत् ५४.०९, वित्त १.१३, निर्जीवन बीमा ४२.३७, उत्पादन २.८२, अन्य १.४८, लघुवित्त ४.८७, जीवन बीमा ७२.१४ र सामूहिक लगानी कोष ०.०६ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा बुधबार पनि नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड ६१ लाख ९६ हजार २४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु छ करोड ४६ लाख ७७ हजार १४२, नागरिक लगानी कोष रु पाँच करोड ६२ लाख ८७ हजार ९५०, सूर्या लाइफ इन्स्योरेन्स रु पाँच करोड ५३ लाख ४१ हजार ९३७, सानिमा माई हाइड्रो पावर रु पाँच करोड ३८ लाख ९१ जार २३७ र नेको इन्स्योरेन्सक म्पनीको रु पाँच करोड एक लाख ९७ हजार ४७३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै सिनर्जी पावर लिमिटेड, घलेम्दी हाइड्रो, बरुण हाइड्रोका लगानीकर्ताले समान १०/१० प्रतिशतले कमाउँदा एनआरएन लघुवित्त ९.९६, रिलायन्स लाइफ इन्स्योरेन्स ९.८९ र यूनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाए ।

यसैगरी एनआइसी एशिया व्यालेन्स फण्ड ३.८७, लक्ष्मी इक्विटी फण्ड ३.७१, राष्ट्रिय बीमा कम्पनीका संस्थापक लगानीकर्ता २.९३ र नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले २.५६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  १० : २४ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो