नेप्सेमा झिनो सुधार « Khabarhub

नेप्सेमा झिनो सुधार


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा बुधबार कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से परिसूचक ५.३६ बिन्दुले बढेर एक हजार ५४१.४० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत ०.८३ ले वृद्धि भई ३०५.४८ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता शेयर रु एक अर्ब ८४ करोड ५६ लाख ३४ हजार ३० मूल्यमा खरीद बिक्री भयो ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये बुधबार बैंकिङ उपसमूहको मात्रै शेयर कारोबार ओरालो लागेको छ भने अन्य सबै उपसमूह भने उकालो लागेको छ ।

बैंकिङ ४.५८ ले ओरालो लाग्दा व्यापार २०.९३, होटल १४२.८१, विकास बैंक २.०८, जलविद्युत् ५४.०९, वित्त १.१३, निर्जीवन बीमा ४२.३७, उत्पादन २.८२, अन्य १.४८, लघुवित्त ४.८७, जीवन बीमा ७२.१४ र सामूहिक लगानी कोष ०.०६ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा बुधबार पनि नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड ६१ लाख ९६ हजार २४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु छ करोड ४६ लाख ७७ हजार १४२, नागरिक लगानी कोष रु पाँच करोड ६२ लाख ८७ हजार ९५०, सूर्या लाइफ इन्स्योरेन्स रु पाँच करोड ५३ लाख ४१ हजार ९३७, सानिमा माई हाइड्रो पावर रु पाँच करोड ३८ लाख ९१ जार २३७ र नेको इन्स्योरेन्सक म्पनीको रु पाँच करोड एक लाख ९७ हजार ४७३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै सिनर्जी पावर लिमिटेड, घलेम्दी हाइड्रो, बरुण हाइड्रोका लगानीकर्ताले समान १०/१० प्रतिशतले कमाउँदा एनआरएन लघुवित्त ९.९६, रिलायन्स लाइफ इन्स्योरेन्स ९.८९ र यूनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाए ।

यसैगरी एनआइसी एशिया व्यालेन्स फण्ड ३.८७, लक्ष्मी इक्विटी फण्ड ३.७१, राष्ट्रिय बीमा कम्पनीका संस्थापक लगानीकर्ता २.९३ र नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले २.५६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १० : २४ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी