मौन सरकार, आज्ञाकारी राखेप, ढुक्क संघ र आक्रोशित खेलाडीहरू « Khabarhub

मौन सरकार, आज्ञाकारी राखेप, ढुक्क संघ र आक्रोशित खेलाडीहरू



काठमाडौँ– केही दिनको एक भर्चुअल कार्यक्रमका एक वक्ताले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव समक्ष प्रश्न तेर्स्याए– यति लामो समयदेखि खेलकुद ठप्प छ, कहिले र कसरी सुचारु होला ?’

मिठो बोल्न सिपालु राखेप सदस्य सचिव रमेशकुमार सिलवालले जवाफमा भने, ‘अहिले राजधानीमा कोरोना भाइरसको कहर बढ्दो क्रममा छ । केही समय पर्ख र हेरको अवस्था छ ।’

त्यसो त, सदस्य सचिव सिलवालको यस्तो भनाइ नयाँ होइन । उनलाई खेल गतिविधि सुरु हुनेबारे सोधिने हरेकजसो प्रश्नमा यस्तै प्रकारको जवाफ आउँछ । गत फागुन र भदौमा गरी दुई पटक राखेपले खेलकुद गतिविधि रोक्न पत्र काटेको थियो । यसबीचमा ‘अब खेलकुद गतिविधि गर्न सकिन्छ,’ भनेर खेलाडीलाई अभ्यासमा फर्काउन संघहरूलाई निर्देशन दिन सकेको छैन ।

राखेपको तालुकदार युवा तथा खेलकुद मन्त्रालय खेलाडीलाई मैदान फर्काउने विषयमा मौन छ । मन्त्रालयका एक अधिकारीले उल्टै प्रश्न गरे, ‘नेपालको अवस्थामा अहिले खेलकुद गर्न सकिन्छ र ?’

राखेप सरकारले खेल गतिविधि रोक्न दिएको निर्देशन पालनामा आज्ञाकारी छ । सदस्य सचिव सिलवालले त्यही भर्चुअल कार्यक्रममा भनेका थिए, ‘म दुई भूमिकामा रहेर सोचिरहेको छु, खेलाडीलाई मैदानमा फर्काउने र सरकारले दिएको निर्देशन पालना पनि गर्ने ।’ उनी अझै सोच्दै छन् ।

संघहरू पनि कानमा तेल हालेर सुतिरहेका छन् । उनीहरूका लागि कोरोना भाइरस खेलाडीसँग टाढिएर बस्न गज्जबको बहाना बनेको छ । नेपाली खेलकुदको विकास र विस्तारका लागि खेल संघमा आएका पदाधिकारीहरूले यस्तो विषम परिस्थितिमा कसरी दिन बिताइरहेका छौ भनेर खेलाडीलाई कति पटक फोन गरे ? खेलाडीहरू भन्छन्, ‘अहिलेसम्म संघका मान्छेहरूसँग सम्पर्क भएको छैन ।’

फूटबल कप्तानको आक्रोश

फागुनदेखि ठप्प खेलकुदबारे सरकार मौन बसिरहेकै बेला नेपाली राष्ट्रिय फूटबल टोलीका कप्तान किरण चेम्जोङले सरकार र राखेपलाई सम्बोधन गर्दै खुला पत्र लेखेका छन् ।

उनले पत्रमा खुलेर खेल प्रशासनको आलोचना गरेका छन् । पछिल्लो सात महिनामा अर्को कुनै खेलाडीले यसरी आवाज उठाएको थिएन । किरणको आक्रोश मिश्रित खुला पत्रलाई अधिकांश खेलप्रमीले समर्थन गरेका छन् । किरणको प्रशंसा गर्दै सरकारको आलोचना गरेका छन् ।

किरणले खेल पदाधिकारीहरूलाई पत्रमा लेखेका छन्- ‘फूटबल मात्रै नभएर सम्पूर्ण खेलकुद सुचारु गर्न सबै मापदण्ड पूरा गरी पूर्ण सुचारु गर्न हजुरहरूलाई अनुरोध गर्दछु । एककान दुईकान गर्दै हुनुहुन्छ ? के खेलाडी सधैँ मारमै पर्नु पर्ने र मर्ने हो भने तपाईंहरू सम्बन्धित निकायमा बसेकाहरूको के अर्थ रह्यो र ? खेलाडी चैँ सधैँ काठमाडौँको धुलोमा, तपाईंहरू चै चिलो गाडीमा ?’

यसरी खेलकुद परिषद् र राखेपसँग ठाडो प्रश्न गर्न सक्ने आँट किरणले गरेका छन् । वर्षौं मिहिनेत गरेको खेलाडी कोरोना भाइरसकै कारण सात महिनाभन्दा बढी घरमा थन्केर बसेको छ अनि सरकारले मुखमा मास्क लगाएको छ। पदाधिकारीहरू झन् ढुक्क र शान्त देखिएका छन् ।

एक खेलाडीको प्रश्न छ, ‘मैदानमा खेलेर घर परिवार पाल्नुपर्ने खेलाडीलाई कोरोनाको बहानामा बन्धक बनाएर कहिलेसम्म आनन्दको निन्दा लाग्छ सरकार ?’

पौने दुई सय संघ

राष्ट्रिय संघहरूले खेलाडीका बारेमा सोच्नुपर्ने हो । खेलाडीहरू घरमा कसरी बसेका छन् र यसले अभ्यासमा कस्तो असर पारेको छ भन्ने कुरा बुझ्नुपर्ने हो ।

केही सीमित संघ बाहेक अन्यलाई खेलाडीका बारेमा कुनै चासो र चिन्ता छैन । नेपालमा १७२ वटा खेल संघ छन् । लामो समय घरमा बस्दा खेलाडीमा शारीरिक, मानसिक र सामाजिकरूपमा नकारात्मक असर गर्ने चिकित्सकहरू बताउँछन् ।

नेपाल ओलम्पिक कमिटीले एक पटक सात दिन मनोवैज्ञानिक परामर्शका लागि भर्चुअल कक्षा सञ्चालन गरेको थियो । त्यसको प्रभावकारिता अध्ययन गरेर फेरि सञ्चालन गर्ने भनेकोमा अर्को पटक हुन सकेको छैन ।

विश्वका अधिकांश मुलुकमा खेल गतिविधि सुरु भइसकेको छ । छिमेकी मुलुक भारतमा पनि सुरु गरिसकेको छ । भारतमा दोस्रो डिभिजनको फूटबल लिग सुरु भएको छ । यता राखेप सदस्य सचिव सिलवाल भने लण्डन म्याराथनमा दौडनेको संख्या कम गरेको भन्दै बसेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  २ : ४५ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो