गौहत्याको आरोपमा बालिका पक्राउ, बाबुले गरे आत्महत्या « Khabarhub

गौहत्याको आरोपमा बालिका पक्राउ, बाबुले गरे आत्महत्या



बाग्लुङ्– बाग्लुङको ढोरपाटन नगरपालिका १ खप्तरीबाङको कुमाल गाउँमा गौहत्याको आरोपमा प्रहरीले बालिकालाई पक्राउ गरेपछि बालिकाका बाबु ३८ वर्षीय तीलबहादुर कुमालले आत्महत्या गरेका छन् ।

कुमालले बिहीबार राति आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् ।

खप्तरीबाङको कुमाल गाउँमा गौहत्याको आरोपमा तीलबहादुरको छोरी १५ वर्षीया सुष्मिता कुमालसहित १० जनालाई पक्राउ गरेको थियो । प्रहरीले बाबुआमाकै अगाडि छोरीलाई लछारपछार गर्दै लगेपछि बाबुले आत्महत्या गर्न पुगेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

‘नाबालिका छोरीलाई पक्राउ गरी पञ्चायती शैलीमा प्रहरीले धरपकड गर्नु निन्दनीय हो,’ स्थानीय नीलबहादुर पुनले खबरहबसँग भने ।

गौहत्याको आरोपमा प्रहरीले सुष्मितासहित दीपेन्द्र कुमाल, रामलाल कुमाल, कमल कुमाल, प्रकाश कुमाल, अर्जुन कुमाल, यामकमारी कुमाल, प्रेमबहादुर कुमाल, असारी कुमाल, गोपाल कुमाल, कमल श्रेष्ठ र धरम श्रेष्ठलाई पक्राउ गरेको थियो ।

बालिका छोरीलाई प्रहरीले पक्राउ गरेकै कारण बाबुले आत्महत्या गर्न पुगेको भन्दै स्थानीय शव उठाउन दिएका छैनन् । उनीहरुले घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् ।

बारीको भिरबाट खसेर मरेको गोरु सबै गाउँले मिलेर खाएको खप्तरीबाङ्ग कुमाल गाउँबासीहरु बताउँछन् । तर प्रहरीले भने गौहत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरेका सबैलाई गौहत्याको मुद्दा अघि सारिएपछि आन्दोलन चर्किने भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता राजेन्द्रप्रसाद रेग्मीले पक्राउ परेका सबैलाई स्थानीय जनप्रतिनिधिको जिम्मामा छाडिएको बताए । पक्राउ परेका सबैलाई गौहत्याको हत्याको अभियोगमा मुद्दा चलाइएको स्थानीय अखिल नेपाल मगर राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका स्थानीय निलबहादुर पुनले बताए ।

बिनाशर्त उनीहरुलाई छाड्नुपर्ने स्थानीयको माग छ ।

गाउँका सोझा कुमालहरुलाई गौहत्याको आरोपमा पटक पटक पक्राउ गर्ने र यातना दिने गरेको पुनको भनाई छ ।

नेपालमा गाइको मासु खाने र गाइको मासुले पितृ पुज्ने आदिबासी जनजातिहरु परम्परा नै रहेको पुनले बताए ।

यस्तै, क्रान्तिकारी माओवादी गण्डकी प्रदेशका सेक्रेटरी केशबहादुर परियारले पनि विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी निमुखा गरिब असहाय उत्पीडित उपेक्षितहरुलाई लगाइएको झुटा आरोप खारेज गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ११ : ३६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५