४ सय करोडको बजेटमा बन्ला प्रभासको ‘आदिपुरुष’ ? « Khabarhub

४ सय करोडको बजेटमा बन्ला प्रभासको ‘आदिपुरुष’ ?


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बाहुबली अभिनेता प्रभासको प्रतीक्षित फिल्म ‘आदिपुरुष’ चर्चामा छ । यो फिल्ममा पहिलोपटक प्रभास, अजय देवगन र सैफ अली खानले स्क्रिन शेयर गर्दैछन् ।

कोरोना भाइरस र लकडाउनपछि निर्माण हुने महंगो भारतीय फिल्मका रुपमा पनि यसलाई हेरिएको छ ।

पौराणिक कहानीमा आधारित यो फिल्ममा प्रभासले भगवान रामको भूमिका निभाउँदैछन् । यस्तै फिल्ममा सैफ अली खानले रावणको र अजय देवगनले शिवको भूमिका निभाउनेछन् ।

खबरका अनुसार यो फिल्म ४ सय करोड बजेटमा निर्माण हुनेछ ।

फिल्मको स्क्रिप्टमा मात्र लामो समय लगाइएको छ । यो फिल्म ३ सय ५० करोडदेखि ४ सय करोडको लगानीमा निर्माण हुने जनाइएको छ ।

यद्यपि यसबारेमा आधिकारिक जानकारी भने दिइएको छैन ।

यो फिल्ममा भीएफएक्सको पनि उत्तिकै प्रयोग गरिनेछ । भीएफक्स बढी गरिने हुँदा फिल्मको बजेट पनि बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १२ : १० बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको