चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी « Khabarhub

चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममा जिल्ला आएका घर फर्कन शुरु गरेका छन् ।

अघिल्ला वर्षमा घटस्थापना अघिनै यात्रुको चहलपहल हुने भए पनि अहिले कोरोना सङ्क्रमणका कारण गरिएको लकडाउन तथा निषेधाज्ञाले यात्रुको चाप त्यति बढेको छैन ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले कोरोना त्रासले यसपाली यात्रुको चाप खासै नरहेको बताए।

घरभित्रै बसेर दशैँलगायतका पर्व मनाउनुपर्ने अवस्था भएकाले यात्रुको चहलपहल नवढेको उनको भनाइ छ । सबै रुटका गाडी भरिभराउ छैनन्, सप्तमीपछि केही चहलपहल बढ्ने आशमा व्यवसायी छन् । जिल्लामा करिब १५ हजार सार्वजनिक सवारी छन् ।

नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, टाँडी बजार तथा खैरहनीको पर्सा बजारमा यात्रुको केही चाप देखिन थालेको छ । कोरोनाको त्रास बढिरहेको समयमा स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनमा निगरानी बढाउन थालेको छ । बढी भाडा असुल्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने जस्ता गतिविधि बढेको गुनासो आउन थालेपछि सार्वजनिक यातायातका सवारी साधनमा निगरानी बढाउन थालिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मापदण्ड विपरीत सञ्चालन भएको पाइए तत्कालै जरिवाना गरिने बताए । उनले भने, “प्रशासनले तत्काल कारवाही गर्न प्रहरी युनिटलाई निर्देशन दिइसकेको छ ।”

यात्रु, चालक, सहचालक सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने भन्दै शर्माले अटेर गर्नेलाई कारवाही गरिने बताए ।

सङ्क्रामक ऐन २०२० मा आदेश अपहेलना गर्नेलाई एक सयदेखि ६०० रुपैयाँसम्म जरिवाना वा १ देखि ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । जिल्ला प्रशासनले असोज २७ गते १४ बुदे निर्देशन जारी गरिसकेको छ ।

चाडपर्वका बेला एक ठाउँ बाट अर्को ठाउँसम्म मानिसको आवतजावत हुने भएकाले कोरोना सङ्क्रमण फैलिने उच्च जोखिम देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बिहीबारदेखि सार्वजनिक सवारीमा आकस्मिक जाँचको अभियान सञ्चालन गरिएको बताए ।

जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी काम भइरहेकको उनले जानकारी दिए । उनका अनुसार बढी भाडा लिने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई तत्कालै कारवाही गरिने छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १ : १२ बजे

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६