बुटवलमा कोरोना संक्रमित एक जनाको मृत्यु « Khabarhub

बुटवलमा कोरोना संक्रमित एक जनाको मृत्यु


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर भर्ना भएका उनलाई अस्पतालले २५ गतेबाट आइसियुमा राखेको थियो ।

आइसोलेसनमा बसेको चौथो दिन स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई भेन्टिलेटरमा पनि राखिएको थियो ।

उपचारकै क्रममा आज बिहान सवा सात बजे उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

रुपन्देहीमा मुत्यु हुने कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  २ : १३ बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्